दुर्गा पौड्या
कति सुन्दर चरा
रंङ्गीचङ्गी प्वाँख
रैछन् चिल्ला चिल्ला
उडी खान्छन् किरा।
घाँटीमा छ रातो
ढाड रैछ कालो
काला काला आँखा
बस्छन् रुखका हाँगा।
घर तिनको रुख
गर्छन् तिनी दुख
बनाउँछन् गुँड
पार्छन् गुँडमा फुल।
पोथी फूल सेक्छे
फूल माथि बस्छे
ताता बन्छन् फूल
निस्के चराको हुल।
चिंचीं चु चु गर्दै
थाल्छन् उनि खान
आमा उनलाई सधै
सिकाउछे बच्न।
थाल्छन् तिनी उड्न
बन पाखा डुल्न
खान्छन् किरा किरी
उठछन् उनि फिरी।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…