रमेशचन्द्र घिमिरे
हजुरबाको कोट लाउँदा बाहुलातलै पुग्यो
हेर्दाहेर्दै मेरो हात कता लुक्यो–लुक्यो
कोट पैह्रिई हिँड्न खोज्दा बाहुला हर्ल्याङ–हर्ल्याङ
अल्झिएर लडेँ म त बिच बाटामै बर्ल्याङ
च्यातियो कि कोट लौ न ओठतालु नै सुक्यो
खल्ती भित्र चस्मा थियोे त्यही नि कता पुग्यो
कोट लगाई हजुरबाको गरेपछि नक्कल
खाएँ ठक्कर अनिबल्ल आयो मलाई अक्कल
लडेपछि चोट लाग्यो दुख्नुसम्म दुख्यो
हजुरबाको कोट लाउने रहर अब पुग्यो ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…