Categories: कविता

“क ख लेखेँ आज”

केशवराज अधिकारी

उठेँ आमा सङ्गै
पर्नु भयो दङ्गै
हात मुख धोएँ
फुर्तिलो म भएँ।

बसेँ गुन्द्री माथी
कलम कपी साथी
झोला बाट झिकेँ
धर्का तान्न सिकेँ।

कोरेँ ठाडो धर्को
तेर्सो कोरेँ अर्को
धर्का नाना थरी
कोरेँ पाना भरी।

कलम् समाएर
लेख्छु रमाएर
मान्दिन म लाज
क ख लेख्छु आज।

सिधा लेख्छु भन्दा
बने बाङ्गा टिङ्गा
कुनै आँसी जस्ता
कुनै रोटी जस्ता।

आफ्नो आफ्नो ठाम
सबै लाग्छन् काम
छैन केही धामा
भन्नु हुन्छ आमा।

औँला दुख्ने गरि
कापी पाना भरी
बसेँ साथी माझ
क ख लेखेँ आज।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

20 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

20 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

21 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago