केशवराज अधिकारी
उठेँ आमा सङ्गै
पर्नु भयो दङ्गै
हात मुख धोएँ
फुर्तिलो म भएँ।
बसेँ गुन्द्री माथी
कलम कपी साथी
झोला बाट झिकेँ
धर्का तान्न सिकेँ।
कोरेँ ठाडो धर्को
तेर्सो कोरेँ अर्को
धर्का नाना थरी
कोरेँ पाना भरी।
कलम् समाएर
लेख्छु रमाएर
मान्दिन म लाज
क ख लेख्छु आज।
सिधा लेख्छु भन्दा
बने बाङ्गा टिङ्गा
कुनै आँसी जस्ता
कुनै रोटी जस्ता।
आफ्नो आफ्नो ठाम
सबै लाग्छन् काम
छैन केही धामा
भन्नु हुन्छ आमा।
औँला दुख्ने गरि
कापी पाना भरी
बसेँ साथी माझ
क ख लेखेँ आज।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…
बिन्दु पौड्याल वस्ती भरतपुर -२, चितवन तिमीले केके खाका छौ खाँदा केके पाका छौ नाम…
रोजिनाघिमिरे आज पनि घाम त्यही गतिमा अस्ताउँदैछ, जसरी हिजो अस्ताएको थियो र जसरी भोलि अस्ताउनेछ,…