Categories: बाल कथा

“खुसी”

शान्ता तिम्सिना

” ओहो ! हजुरले गल्ती गर्नु भएछ नि !” कन्यार्थमा आएका प्रमोदले आपत्ती जनाए।
अघिल्लो दिनमात्र आफ्नी छोरी माग्न आएका शंकरलाई फर्काएका थिए, उनले ।
“एकदमै सम्पन्न , शिक्षित र इमान्दार परिवार थियो । करोडौंको बैक ब्यालेन्स , राजधानीमा तीन चार वटा घर , त्यसमाथि सरकारी जागिर । ” ठुलै प्रलोभन देखाए उनले ।
पढाई सकेर मात्र छोरीको बिवाह गर्ने इच्छा सुनाए भास्करले ।
“छोरीलाई जस्तै व्यवहार गर्छन् , केही चिन्ता लिनु पर्दैन , जति पढे पनि पढाउछु भनेका छन्।” प्रमोदले कुरा थप्दै गए ।
उनको कुरा ठिकै लाग्यो। गहिरिएर सोचे,” आफ्नो हैसियत मिल्नेसँग नै सम्बन्ध गाँस्नु पर्छ। यो घरमा छोरीले धेरै सुख पाउछे । ” सम्बन्ध गास्ने कुरामा राजी भए । कुरा अगाडि बढाउदै थिए उनीहरुले ।
बाबाको निर्णय सुनेर साहसले भनी ” बाबा, अर्काको घरमा त्यति सजज हुँदैन नि! यहाँको पढाइ पूरा गर्छु, उच्च शिक्षा हासिल गर्न विदेश जान्छु , आफ्नो खुट्टामा उभिने भएर जननी र जन्मभुमीको लागि केही गर्छु , मेरो चिन्ता नलिनु ।”
” तिमीले केही गर्नै पर्दैन छोरी! करोडौँका मालिक रहेछन् उनीहरु ।
ध्यान दिनुस् बाबा ! ” हजुरको करोडौँ सम्पत्तीले आमालाई कति खुसी दिएको छ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

6 minutes ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

19 minutes ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 day ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago