Categories: कविता

“खेलको चिनारी”

तुलसी पण्डित

सबै मिलि साथी भाइ खेल्न जाने हो
लुकामारी खेल राम्रो साथी छल्ने हो
आँखा छोपी नेता चिन्ने खेल खेल्ने हो
राष्टिय खेल डण्डीवियो मिलि खेल्ने हो।

अनि त्यस्तै घुटुटु रुमाल लुकाइ खेल
चम्चा रिले बाघचाल मिलि खेल्ने खेल
कफाइटिङ् भित्रबाहिर खेलौ साथी हो
गट्टा अनि दौड खेल रोजौ साथी हो।

एक खुट्टे बच्छी खेल गोडा चाली खेल
कुर्सी चाल चम्चा खेल चुगी खेल्ने खेल
सियोमा धागो उन्ने ढुङ्गा फाल्ने खेल
डोरी नाघ्ने अनि त्यस्तै भलिबल खेल।

भकुण्डो लिइ ढुङ्गा टोल्ने खेल खेल्ने हो
बिस्कुट यहाँ चाँडै खाने मिलि खेल्ने हो
कपर्दी रमाइलो झन् नक्कल गर्ने खेल
मुसोबिरालो खेल खेल्दा हुन जान्छ मेल।

खेल खेल्दा विचार गरौ हुन्न छुस्किन
आफ्नो अर्को चिन्नु पर्छ हुन्न झुकिन्न
अनुशासन न भएमा हुन्न यसको सार
कुनै खेल सफल हुन्न लगाइदैन पार।

मेलमिलाप अमूल्य छ खेल खेल्नलाई
हुँदै हुन्न झेल गरि साथी पेल्नलाई
एकतालाई ख्याल गरी खेल खेलेमा
सफल व्यक्ति त्यो हुन्छ नियम मानेमा।

श्रोतः नेपाली बालसाहित्य

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

23 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

23 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

23 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago