प्रभादेवी पौडेल
भरतपुर ९ , ‌चितवन

“मामु , हाम्रो विद्यालयमा तीजको कार्यक्रम राखेका छौँ । भोलि बिहान स्कूल जाने बेलामा मलाई पाँच सय रुपैयाँ दिनुहोस् न है।”
“किन चाहियो पाँच सय रुपैयाँ ? त्यति पैसाले त जहानैलाई एकदिनको खाजा पुग्छ। पढाई नहुने भएपछि पर्दैन त्यो दिन स्कूल सिस्कुल जान । मलाई पनि बिहानै बाहिर जानु छ , घर कुरेर बस।”
“त्यसो भनेर कहाँ हुन्छ र मामु ? यो त हाम्रो स्कूलको अन्तिम वर्ष हो , यसमा विगतका वर्षहरुमा झैं दशका विद्यार्थीहरुले आफै कार्यक्रमको आयोजना ,सञ्चालन गरि तीज गीत प्रतियोगिता समेत राखेका छौँ। पुरस्कार खाजा सबै हामीले नै व्यवस्था गर्ने हो । यदि खर्च गरेर पैसा बढी भयो भने फिर्ता पनि पाइन सक्छ मामु ।”
छोरीले जसरी सम्झाए पनि उनी सहमतिमा आइनन् । उनले उल्टै छोरीसँग झोक्किएर भनिन् , “उता बाउ खाडीमा त्यति दुःख गरेका छन् जेमा भो पैसै जेमा भो पैसै । म भोलि तेरो स्कुलमा गएर कुरा बुझ्छु । यी मास्टरहरुले काम पाउँदा रहेनछन् विद्यार्थीलाई त सोझै कमाउने भाँडो बनाए ” भन्दै भुतभुताउँदै भित्र पसिन् ।
केही बेरमा उनका दुई छिमेकी आएर भने, ” मालती, हिजो बैठकमा भएको निष्कर्ष अनुरूप हामी पैसा उठाउँदै हिंडेका।  साडी र दरको पैसा उठ्न अब तिम्रो मात्र बाँकी छ।”
यो सुनेर उनी जुरुक्क उठेर भित्र गइन् र तुरुन्त दराज खोलेर पैसा झिकी छिमेकीको हातमा दिँदै भनिन् , ” हेर मुना , त्यो पार्टी प्यालेसमा त्यतिका पैसा लिने भएपछि केही आइटम थप्न लगाउनु पर्छ , खानेले त यसो अलिकति …. की कसो ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

15 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

16 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago