गणेश दवाडी
लेटाङ -९मोरङ
हतोत्साहित गर्न हुन्न छात्र छात्रालाई
उत्साहित पार्नुपर्छ मात्र यिनलाई।
सिकाइमा प्रेरणा नै उत्तम हुन्छ साथी
हप्काउने दप्काउने हुन्छ त्यो नजाती
हरपल माथि राख्नुपर्छ छात्र छात्रालाई
सादर अनुरोध मेरो सबै मित्रलाई।
अबोध ती बच्चालाई कडा शासन भित्र
राख्दा बिद्रोही पो बन्छन् खै बुझेको मित्र
हौसला त छँदै छैन हुन् यी साथीभाइ
खै बुझेको कुरो हजुर कस्तो हो ठम्याइ।
निराश हुन्छन् बच्चा बच्ची खाली हकारेर
वृद्धि विकास सुस्त पार्नु हुन्न झपारेर
सिकाइको सिद्धान्तका आधार समाई
उत्प्रेरित पारौँ बच्चा सिकुन् खुब रमाई।
अन्तर निहित प्रतिभाको पहिचान गरी
नयाँ नौला बिउ बिजन मेहनतले छरी
कक्षाकोठा उर्वर होऊन् हेरौँ बाली झुलाई
चेहरामा मुस्कान छरौँ सुन्दर फूल फुलाई।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…