Categories: बाल कथा

बढी माया

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

धेरै बर्षपछि शिक्षकले आफ्नी चेलीलाई बाटोमा देखेपछि भने “तिम्रो बिवाहपछि आज पहिलोपटक भेट भयो । सबैभन्दा कसको बढी माया लाग्छ नढाँटी भन त ?” चेलीले प्रतिप्रश्न गरिन् ” म हजुरबाट प्रशिक्षित चेली हुँ। आफैँ अनुमान लगाउनुस् त !” शिक्षकले भने” एउटी बिवाहित नारीको लागि पति आधा अङ्ग नै हो । यसैले उहाँ नैं होला।” चेलीको भनाइ रह्यो ” ठ्याक्कै त्यसरी नभनुँ। अर्को भन्नू हुन्छ कि!” शिक्षकले भने” जन्मदिने आमा भने  मैले सयमा सय नम्बर नै पाउँछु कि !” “फेरि एकपटक प्रयास गर्नुहुन्छ कि!” चेलीले कौतुहलता जगाइन्। शिक्षकले सोधे ” अहिलेको जमानामा छोरा वा छोरी एकै हुन्। यसैले आफ्नै एक मात्र सन्तानको सबैभन्दा बढी माया लाग्नु स्वभाविक हो ।” चेलीले हाँस्दै भनिन् ” हामीले राम्रोसँग आत्मनिर्भर नभए सम्म सन्तान नजन्माउने निर्णय लिएका छौँ। अब अर्को अनुमान लगाउनुस् त !” शिक्षकले भने” गिट्टी कुटेर भए पनि राम्रो सँग पढाउनु भएको बुवालाई सबैभन्दा बढी माया लागेको हो कि!” त्यो सुनेपछि चेलीले भनिन् ” सबैभन्दा बढी माया कसको लाग्छ भनेर सोध्नु त्यति न्यायोचित नहुन सक्छ । तर तपाईंलाई नढाँटेर भन्नुपर्दा मैले आफ्नो कर्तव्यलाई नै सबैभन्दा बढी माया गरेकी छु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

7 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

7 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

7 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago