Categories: कविता

“खै बुझेको कुरो”

´

गणेश दवाडी
लेटाङ -९मोरङ

हतोत्साहित गर्न हुन्न छात्र छात्रालाई
उत्साहित पार्नुपर्छ मात्र यिनलाई ।

सिकाइमा प्रेरणा नै उत्तम हुन्छ साथी
हप्काउने दप्काउने हुन्छ त्यो नजाती
हरपल माथि राख्नुपर्छ छात्र छात्रालाई
सादर अनुरोध मेरो सबै मित्रलाई ।

अबोध ती बच्चालाई कडा शासन भित्र
राख्दा बिद्रोही पो बन्छन् खै बुझेको मित्र
हौसला त छँदै छैन हुन् यी साथिभाइ
खै बुझेको कुरो हजुर कस्तो हो ठम्याइ ।

निराश हुन्छन् बच्चा बच्ची खाली हकारेर
वृद्धि विकास सुस्त पार्नु हुन्न झपारेर
सिकाइको सिद्धान्तका आधार समाई
उत्प्रेरित पारौँ बच्चा सिकुन् खुब रमाई ।

अन्तर निहित प्रतिभाको पहिचान गरी
नयाँ नौला बिउ बिजन मेहनतले छरी
कक्षाकोठा उर्वर होऊन् हेरौँ बाली झुलाई
चेहरामा मुस्कान छरौँ सुन्दर फूल फुलाई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago