मधु घिमिरे
हेरिस्वर्ग, पेन्सिलभेनिया,अमेरिका
छन्द-प्रमाणिका
हिँडेर मार्ग पाउले
पुगिन्छ चुम्न टाकुरा
गरेर कर्म हातले
खनिन्छ जिन्दगी गरा।
प्रभातको सुवासमा
झलल्ल छन् सुभावना
प्रभातको सधैँ गरौँ
सुसम्झना र प्रार्थना।
अनेक रूप रङ्गमा
र लोभ भोग द्रव्यमा
नराख्नु दुष्ट भावना
पराइ इष्टमित्रमा।
जताततै छ ज्ञानको
अपार मूल सम्पदा
अनन्तता छ व्योममा
खुसी छ भित्र चित्तमा।
विचारमा विवेकमा
परोपकार पुण्यमा
सदैव फुल्छ जिन्दगी
प्रयासको बगानमा।
हजार लाख सम्पति
अनर्थ बन्छ अन्तमा
छ मूल कर्म मुक्तिमा
अदृश्य शक्ति साधना।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…