Categories: कविता

“अदृश्य शक्ति साधना”

मधु घिमिरे
हेरिस्वर्ग, पेन्सिलभेनिया,अमेरिका

छन्द-प्रमाणिका

हिँडेर मार्ग पाउले
पुगिन्छ चुम्न टाकुरा
गरेर कर्म हातले
खनिन्छ जिन्दगी गरा।

प्रभातको सुवासमा
झलल्ल छन् सुभावना
प्रभातको सधैँ गरौँ
सुसम्झना र प्रार्थना।

अनेक रूप रङ्गमा
र लोभ भोग द्रव्यमा
नराख्नु दुष्ट भावना
पराइ इष्टमित्रमा।

जताततै छ ज्ञानको
अपार मूल सम्पदा
अनन्तता छ व्योममा
खुसी छ भित्र चित्तमा।

विचारमा विवेकमा
परोपकार पुण्यमा
सदैव फुल्छ जिन्दगी
प्रयासको बगानमा।

हजार लाख सम्पति
अनर्थ बन्छ अन्तमा
छ मूल कर्म मुक्तिमा
अदृश्य शक्ति साधना।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago