सुनिता निरौला पौडेल
भक्तपुर: राधे राधे,निकोशेरा
“साथीहरूले तीजको प्रोग्राम भरे रेसोर्टमा गर्ने भन्या छन् ,जान्छु है आमा ! ”
“हुन्छ नि ! अस्तिको जस्तो धेरै रात नपार्नु है सरु ।” हस् ! छिट्टै आउँछु भन्दै हतारिएर गईन् उनी।
सरोजको मृत्यु भएपछि आमाले सरुलाई छोरी जस्तै व्यवहार गर्नुभएको थियो।
“आमा तपाईँले भाउजूलाई यसरी जता भन्यो त्यतै जान दिनुहुन्छ । फेरि अस्ति पनि अबेरसम्म पार्टीबाट नआँउदा हामी खोज्न गएको बिर्सनुभयो कि ? मलाई त मन परेको छैन है।”
“अहिले ,पहिलेको जस्तो समय पनि छैन,छोरी । तिम्रो दाजु नभएकोले ,उनलाई मन बहलाउनलाई जान पनि दिनुपर्यो ।” भन्दै गर्दा “ल ल उहाँकै पक्षमा बोल्नु न , एकदिन पछुतो होला। रिसाउँदै कोठामा पसिन्।
रात छिप्पीइसकेको थियो ,आमाले सरुलाई पर्खेर बसिरहनुभएको थियो ।गेट अगाडि एउटा गाडी आएर रोक्यो, एकजना अपरिचितलाई देख्नुभयो ।उसले बाई गरेर गाडी अगाडि बढ्यो।
“आमा ! अझैसम्म सुत्नुभाको छैन ।”भन्दै अलि डराएर आफ्नो कोठामा लागिन्।
भोलिपल्ट बिहान आमाले सरुलाई बोलाएर सोध्नुभयो ; “सरु !हिजो तिमीलाई गाडीमा छोडेर गएको को हुन्?”
उनलेे अलि लजालु स्वरले भनिन् ;”उनी मेरो स्कुलमा पढेको साथी हुन् । रात छिप्पीसकेको थियो ,म गाडीको पर्खाइमा थिएँ ।एउटा गाडी अगाडि आएर रोक्यो उनी मेरो साथी पो रहेछन् अनि घरमा पुर्याइदिए ।”बहिनीले अलि संकालु दृष्टिले हेरिन् उनलाई।
एकदिन छोरी पनि आमासँग बिदा मागेर साथीकोमा गईन् । तर त्यो दिनमा आईनन्।
छोरी के हो ? तिमी किन राति नआएको ? जे भए नि आउनुपर्छ।
ह्या ! आमा कहिलेकाहीँ ढिलो हुन्छ नि ! छोरीले अलि अहम् भावले बोलिन्।
“आमा ! नरिसाउनुन नानीलाई ।रातमा आउन ढिलो भयो होला।
त्यसो भनेर कहाँ हुन्छ बुहारी ! छोरी समयमा घर आउनुपर्यो नि!
सरु !तिमीलाई त्यो तिम्रो साथी कस्तो लाग्छ ?”आमाले भन्दै गर्दा अलि मलिन भो उनको अनुहार।”किन र … आमा ?”
तिमीलाई मनपर्छ भने म उसलाई ज्वाइँ बनाउन चाहन्छु ।” तर .. कसरी आमा ? म एउटा बिधवा बुहारी ! ” सरुका आँखाबाट बररर आँसु आए।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…