खै मेरा अधिकार ?


अनुस्का सापकोटा
कक्षा: ४ ख
ताराकुञ्ज सेकेण्डरी स्कुल
पोखरा-१३, पाटनबेँसी

सानी छु म अहिले
ठुली हुम्ला कहिले
सानो मेरो उमेर
सानै छन् यी रहर।।

झोला मेरो ठुलो छ
झोला भित्र काम छन्
बोक्न मैले नसक्ने
किताबका भारी छन् ।।

घन्टी बज्छ छिन्‌ छिन्‌मा
घडी सँगै हिड्‌नु छ
भुल्न कतै पाउँदिन
छिटो खाजा खानु छ।।

कितावका पाठलाई
बुज्न मैले भ्याउँदिन
मैले जान्ने भाषामा
बोल्न मैले पाऊँदिन ।।

छिटो घर फर्केर
खाजा खाई पढ्नु छ
फेरी उस्तै दिन भेट्न
भोलि सवेर उठ्नु छ ।।

यस्तै छन् है मेरा यी
रहर हुन् की कहर
पाउने मैले कहीले हो
मेरा बाल अधिकार।।

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

19 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

19 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

19 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago