Categories: बाल कथा

“माया”

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी

” बाबा मलाई पनि सानाेमा भाइलाई जस्तै माया गर्नुहुन्थ्यो हजुरहरूले ? ” छाेरीकाे यस जिज्ञासाले रामविलासलाई झसङ्ग बनायाे ।
” किन र छाेरी ? हामीले माया गरेजस्तो लागेन र ? ” रामविलासले प्रतिप्रश्न गरे ।
” तर बाबा भाइले विराम गर्छ । मम्मीले मलाई मात्रै गाली गर्नुहुन्छ । ” छाेरीले मम्मीकाे व्यवहारप्रति असन्तुष्टि जाहेर गरिन् ।
” त्यसाे हाेइन छाेरी । भाइ तिमीभन्दा सानाे छ । उसले कुरा बुझ्दैन । तिमी त कुरा बुझ्ने भयाै नि ।” रामविलासले छाेरीलाई सम्झाउन खाेजे ।
” तर बाबा भाइ पनि त आठ वर्षकाे भयाे । मभन्दा ५ वर्षले मात्रै त कान्छाे छ । उसले जतिबेला जे भन्याे त्यही पुर्याइदिनुहुन्छ हजुरहरूले । मलाई भने भाेलि भाेलि भनेर टारिदिनुहुन्छ । ”
छाेरीकाे यस भनाइले रामविलासकाे मुटुमा च्वास्स बिझाउँछ । रामविलासले मनमनै विचार गरे -” छाेरीकाे बाल मस्तिष्कमा भाइलाई भन्दा आफूलाई फरक व्यवहार भएकाे भान भएछ ।” उनले छाेरीलाई खुसी पार्ने मनसायले भने -” के चाहियाे त मेरी छाेरीलाई ? भन । म तुरुन्तै ल्याइदिन्छु ।”
” बाबा मलाई केही चाहिदैन । भाइलाई जस्तै माया गरे पुग्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

18 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

18 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago