आशिष चाैधरी “अजनबी”
बर्दिया
गरिबी कस्ताे हुन्छ,मलाई पनि थाहा छ।
त्याे समय भाेगेर देखेर अभावका ती रेखाहरू
पार गर्दै आज यहाँ सम्म आएकाे छु। कस्ता
थिए ती दिनहरू अझै सम्झनामा ताजै छन्।
थाहा छ मलाई गरिबी के हाे भनेर।
दिनरात नभनि पसिना बेच्दै, घरमा दुई
छाक खाेले र आँटाे पनि जुटाउन नसक्दा,
भाेकले छट्पिटिँदा लालाबाला कुन,
आमाबाबाकाे मन नराेला र।सन्तानकै
निम्ति आमाबाबाले के मात्र गरेनन् हाेला।
हाे त्याे समय याद छ मलाई ।
थाहा छ मलाई गरिबी के हाे भनेर।
सबेरै उठेर हलाे र काेदालाे काँधमा बाेकी,
भाेकप्यास नभनि खेतमा काम गर्दा,
हत्केलाभरि उठेका ती ठेला,
त्यहीँ पनि सन्ताेषकाे सास फेर्दै,
मनलाई सम्झाई सबै दु:ख भुल्दै,
सन्तानकै खुसीको लागि दुनियाँ सँग लड्दै।
थाहा छ मलाई गरिबी के हाे भनेर।
याे सारा दुनियाँसँग लर्दै जुड्दै,
संघर्षकाे बाटोहरूमा हिँड्दै,लड्दै उठ्दै,
अब केही गर्नुछ मलाई । मेराे सन्ततिहरूकै
लागि मलाई केही गर्नुछ मलाई ।
समय सँगै आफैंलाई बदल्नुछ मलाई ।
फेरि अब नदाेहाेरियाेस् ती अभावका
दिनहरू,मलाई सम्झना छ अझै,बितेका समय।
थाहा छ मलाई गरिबी के हाे भनेर।।
राजेन्द्र परदेसी हजुरबा गाउँबाट आउँदा नाति विकास सबैभन्दा खुसी थियो। उसले बुबासँग जिद्दी गरेर हजुरबाका…
शरद गौतम घाेराही१५,दाङ्ग "बाबू गएर मैले खाने औषधि र दमको रोगमा तान्ने क्याप्सुल वजारबाट किनेर…
रमेशचन्द्र घिमिरे जाडो लाग्न सुरु गर्यो गर्दै खुसुखुसु आकाशले शीत छर्न थाल्यो छुसुछुसु बिस्तार बिस्तार…
उषा बस्ताकोटी खनाल ग्रीष्मको उम्लिँदो ताप उसकै हातमा दिई ऋषितुल्य शरद्बाट चन्द्रको चन्द्रिका लिई हेमन्ती…
प्रेमनारायण भुसाल शिक्षा चेतनाको प्रतीक हो । मानवको सोचाइ, हेराइ अर्थात् दृष्टिकोण निर्माण गर्ने, स्मृतिको विकास…