Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
मोबाइलको घण्टी | सारथि बाल पत्रिका
Categories: बाल कथा

मोबाइलको घण्टी


राजेन्द्र परदेसी

हजुरबा गाउँबाट आउँदा नाति विकास सबैभन्दा खुसी थियो। उसले बुबासँग जिद्दी गरेर हजुरबाका लागि बटनवाला फोन मगायो — “हजुरबा, हामी स्कुल गइहाल्छौँ, तपाईँ यसबाट कुरा गरिरहनु होला। तपाईँलाई मन लाग्दैन।”
सुरुका केही दिन खुब कुराहरू भए। हजुरबाको खल्तीमा फोन थियो त लाग्थ्यो, गाउँ नै खल्तीमा छ।
त्यसपछि बिस्तारै हजुरबा घरका स्थायी सदस्य बन्नुभयो। उहाँका उही किस्साहरू, उही सल्लाहहरू नयाँ पुस्तालाई खट्कन थाले। र खट्कन थाल्यो उहाँको फोनको घण्टी। चर्को, पुरानो — ट्रिङ… ट्रिङ…।
नाति दश कक्षामा छ। साँझ पढिरहेको थियो। फोन बज्यो। किताबमाथि झुकेको नाति झस्कियो — “हजुरबा, प्लिज ! तपाईँको फोन बज्दा मेरो पूरै च्याप्टर बिग्रिन्छ। यसलाई साइलेन्टमा राखिदिनुस् न।”
हजुरबाले केही नबोली फोन अगाडि बढाइदिनुभयो — “ल बाबु, गरिदे। तेरो पढाइ जरुरी छ।”
नातिले साइलेन्ट गरिदियो। अब फोन बज्दैन थियो, खल्तीमा मात्र काँपेर रहन्थ्यो। हजुरबालाई थाहै हुँदैन थियो कि कसैले सम्झिरहेको छ। बारम्बार खल्ती छाम्नुहुन्थ्यो। स्क्रिन हेर्नुहुन्थ्यो — कालो। मनमा सोच्नुहुन्थ्यो — आज त भगौती मिश्रको पनि फोन आएन।
तीन दिनपछि ल्यान्डलाइन बज्यो। छोरा प्रकाशको फोन थियो — “बुबा, तीन दिनदेखि गरिरहेको छु। फोन किन उठाउनुहुन्न ?”
हजुरबाले भन्नुभयो — “फोन त यही खल्तीमै थियो।”
उताबाट आवाज आयो — “त उठाउनु भएन किन त ?”
हजुरबासँग जवाफ थिएन। के भन्नु कि फोन अब बज्दै बज्दैन। बज्न बन्द भयो त जस्तो उहाँको हुनु नै बन्द भयो।
साँझ नाति स्कुलबाट फर्कियो त हजुरबाले उसलाई नजिक बोलाउनु भयो। खल्तीबाट उही साइलेन्ट फोन निकाल्नुभयो र भन्नुभयो — “विकास बाबु, यसलाई फेरि घण्टीवाला बनाइ दे।”
नातिले भन्यो — “तर मेरो पढाइ डिस्टर्ब हुन्छ नि हजुरबा।”
हजुरबा मुसुक्क हाँस्नुभयो। त्यो मुसुक्क हाँसोमा थकान थियो — “अब तिमी ढोका बन्द गरेर पढ्ने गर बाबु। मलाई घण्टी बज्न दे। त्यो बज्छ त लाग्छ, अझै यो दुनियाँमा मेरो पनि कुनै घण्टी छ जो कसैका लागि बज्छ।”
नातिले फोन हातमा लियो। साइलेन्ट हटायो। ट्रिङ-ट्रिङको आवाज फेरि कोठामा गुञ्जियो। र हजुरबाका आँखाहरू, तीन दिनपछि, पहिलो पटक चम्किए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

पुस्तान्तर

शरद गौतम घाेराही१५,दाङ्ग "बाबू गएर मैले खाने औषधि र दमको रोगमा तान्ने क्याप्सुल वजारबाट किनेर…

12 hours ago

गरिबी के हाे ?

आशिष चाैधरी "अजनबी" बर्दिया गरिबी कस्ताे हुन्छ,मलाई पनि थाहा छ। त्याे समय भाेगेर देखेर अभावका…

12 hours ago

पर्व

सुरेशकुमार पाण्डे "दिनेश ! भैलो खेल्ने होइन ? " रविले सोधे। "आज दिउसभरी खेलेको हो…

2 days ago

“जाडो लाग्न सुरु गर्‍यो”

रमेशचन्द्र घिमिरे जाडो लाग्न सुरु गर्यो गर्दै खुसुखुसु आकाशले शीत छर्न थाल्यो छुसुछुसु बिस्तार बिस्तार…

2 days ago

“हेमन्तका सूर्य”

उषा बस्ताकोटी खनाल ग्रीष्मको उम्लिँदो ताप उसकै हातमा दिई ऋषितुल्य शरद्‌बाट चन्द्रको चन्द्रिका लिई हेमन्ती…

2 days ago

गुणस्तरीय कि गुणात्मक शिक्षा

प्रेमनारायण भुसाल शिक्षा चेतनाको प्रतीक हो । मानवको सोचाइ, हेराइ अर्थात् दृष्टिकोण निर्माण गर्ने, स्मृतिको विकास…

2 days ago