Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
पुस्तान्तर | सारथि बाल पत्रिका
Categories: बाल कथा

पुस्तान्तर


शरद गौतम
घाेराही१५,दाङ्ग

“बाबू गएर मैले खाने औषधि र दमको रोगमा तान्ने
क्याप्सुल वजारबाट किनेर ल्याइदे त” बाजे मोहन प्रसाद्ले
नाति सुविन लाई अराउछ्न ।
“कहाँ जानू वा (आजकाल बाजेलाई पनि वा भन्ने चलन छ) त्यति टाढा पन्ध्र किलाेमिटर हिँडेर म जान सक्दिन, माेटर साइकल किनिदिनुस भनेको मानुहुन्न,”नाति सुविन भन्छ।
“उफ यो औषधि पनि कति टाढा पाइने हो,बिचमा बजार छैन। त्यसैले पन्ध्र कि,मी,टाढा सदर मुकाममा नै पुग्नु पर्ने।” बाजे मोहन प्रसाद गनगन गर्छ्न ।
सत्र वर्षीय नातिलाई सम्झाउन गार्हो ,रिसाउँदै भन्छ “यो एक पटक मात्रै हो फेरि जाने छैन।” सुविन उठछ र जाने तरखर गर्छ।
शहरदेखि टाढा ,गाउँमा एउटा बस बिहान जाने बेलुका आउने मात्र गर्द्छ कच्ची बाटाेमा। मोहन प्रसदका छोरा बुहारी अर्कै जिल्लामा सरकारी जागिरे छ्न उनीहरु महिनामा एकदुई पटक मात्र आउछ्न । मोहन प्रसाद कि श्रीमती दुई वर्ष भयो बितेको। घरमा साझ बिहान खाना पकाउने र खुवाउने मानिस छ।
नाति कहिले यता कहिले उता गर्छ। मोहन प्रसाद अतित्मा पुग्छ्न।
मैले वुवाले अर्हाएको कति मान्थे,एकपटक टाढाकाे गाउँबाट बुवाले धान बाकेर आफैँ ल्या भनेको बेला एक मुरी धान बोकेर आफैँ ल्याएँ। पर्न आउने समस्या पनि मैले बुवाको आदेशानुसार फत्ते गर्थैँ। यस्ता आदेश कति मानेँ कति , तै पनि दससम्म सँस्कृत पढियाे, अहिले त भनेकाे पनि मान्दैनन् ,जति पढ्याे स्कुलमा ,साझ बिहान बन्द। मोबाइल र टिभीमा लम्पट।
जिम्मेवारी बाेध छैन, ,हाहुमा चलेकै छ के हो के हो। सायद यही होला पुस्तान्तर।
बा के सोच्नुभएको नाति भन्छ। हैन बाबू केही हैन उनी झल्यास हुन्छ्न।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको घण्टी

राजेन्द्र परदेसी हजुरबा गाउँबाट आउँदा नाति विकास सबैभन्दा खुसी थियो। उसले बुबासँग जिद्दी गरेर हजुरबाका…

11 hours ago

गरिबी के हाे ?

आशिष चाैधरी "अजनबी" बर्दिया गरिबी कस्ताे हुन्छ,मलाई पनि थाहा छ। त्याे समय भाेगेर देखेर अभावका…

12 hours ago

पर्व

सुरेशकुमार पाण्डे "दिनेश ! भैलो खेल्ने होइन ? " रविले सोधे। "आज दिउसभरी खेलेको हो…

2 days ago

“जाडो लाग्न सुरु गर्‍यो”

रमेशचन्द्र घिमिरे जाडो लाग्न सुरु गर्यो गर्दै खुसुखुसु आकाशले शीत छर्न थाल्यो छुसुछुसु बिस्तार बिस्तार…

2 days ago

“हेमन्तका सूर्य”

उषा बस्ताकोटी खनाल ग्रीष्मको उम्लिँदो ताप उसकै हातमा दिई ऋषितुल्य शरद्‌बाट चन्द्रको चन्द्रिका लिई हेमन्ती…

2 days ago

गुणस्तरीय कि गुणात्मक शिक्षा

प्रेमनारायण भुसाल शिक्षा चेतनाको प्रतीक हो । मानवको सोचाइ, हेराइ अर्थात् दृष्टिकोण निर्माण गर्ने, स्मृतिको विकास…

2 days ago