Categories: कविता

“गरिबी”

घनश्याम रेग्मी
खाने के हो माम छैन
सुत्ने बस्ने ठाम छैन
जाडो धेरै लाग्न थाल्यो
न्यानो लाग्ने घाम छैन
सीता खेल्ने देश मेरो
दुख्दा बोल्ने राम छैन
बैरीसँगै लड्न जाऊ
मोर्चा बाँध्ने ड्राम छैन
द्यौता सारा बेचिएछन्
पूजा गर्ने ठाम छैन
खेतीपाती गर्न हुन्थ्यो
पैले जस्तो याम छैन
सेवा आफ्नै देश गर्थ्यौं
आफ्नै देशाँ काम छैन
छैनन् साथीसम्म कोही
पैले जस्तो गाम छैन
भोकै प्यासै बस्नु पर्ने
खाडी जाने दाम छैन।
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

5 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

24 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago