अन्जु शर्मा
रातोपुल
ढुङ्गाले च्याउ जस्तै उम्रेका फेद न टुप्पाका नेताका जस्तै कुरा गर्यो। उसले बेेमतलव नमज्जा संगले सहयात्री माटोलाई धम्की पूर्ण भाषा बोल्यो ।” हेर माटो !म तिमी जस्तो कम्जोर हैन । मलाई आगोले डडाउन सक्तैन ,पानीले गलाउन सक्तैन ,नत हावाले उडाउन सक्छ । मलाई मान्छेहरू भगवान बनाएर पूज्छन्। त्यसैले तिमीले मेरो बराबर हुने कोशिस नगर।”
माटोले मुस्कुराउँदै भन्यो ” तिम्रो बुद्धि देखेर दया लाग्यो । म तिमी बराबर हैन, तिमी भन्दा धेरै माथि छु। कडापनका कारण तिमी आफैँ कोठामा बन्धक बन्छौ। त्यतिमात्रै कहाँ हो र;बाटोमा भेट्दा ठेस लाग्ला भनेर मान्छेहरू तिमीलाई पन्छाएर हिड्छन्। तर मलाई धर्ती माताको रूपमा सम्मान गर्छन् । सायद मेरो नरमपनले गर्दा हो “।
” नेता बन्न त माटो जस्तै गुनिलो बन्नुपर्ने रहेछ ,”ढुङ्गाले मनमनै मनन गर्यो ।अनि लज्जित हुँदै पछि हट्यो।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…