Categories: कविता

“गर्मी”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

पानी पर्यो दरर
गर्मी उस्तै किन
लौ न बाबा भनिदेऊ न
बसी एकछिन !

हावा पनि लागेकै छ
गर्मी किन चर्को
लौ न आमा भनिदेऊ न
नमानेर झर्को ।

न पङ्खाले जित्न सक्छ
न छाताले छेक्न
लौ न दिदी कसो गरूँ
गृहकार्य लेख्न ??

स्कुलमा नि सास्ती हुन्छ
गर्मी बढेपछि
लु लागि सबैजना
बेहोस हुँदै लडेपछि ।

मन छैन ठेगानमा
न त कुनै जोस
उखरमाउलो गर्मीले
उडाइसक्यो होस ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

21 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

22 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago