सुरेशकुमार पाण्डे
दाङ घोराही १८

आज बाट तिम्रो लागी यो माइती घर बन्यो!- रघुवीरले छोरीलाई अंगालोमा वेर्दैभने।’
रघुवीरको त्यो शब्द प्रितीको मुटुमा चसक्क विज्यो। अनि ऊ झनै भावुक भई।’प्रितीका आँखाबाट खसेका बलिन्द्राधारा आँशु बगेको देख्दा आमा रितालाई पुरानो दिन स्मरण भयो।
“जमल्या छोरा छोरी जन्मिदा रघुवीर र रिताको घरमा मात्र होइन पुरैगाऊ र आसपासका गाउँले समेतले खुसियाली मनाए थिए।


धुमधाम सँग दुबैको छैठी गरे र नामकरण गर्दा छोरीलाई प्रिती र छोराको नाम प्रतिक राखे।
रघुविर दम्पत्तीको बिचारमा यी दुबै प्रेमका प्रतिक हुँन्। एउटै स्कुलमा पढेका दुबै दिदी भाइ अध्यानशील मिहेनती र लगनशील बन्दै गए। हर कसैले प्रशंसागर्दा एउटालाई अलग गर्ने आँट हुँदैनथ्यो। दुबै दिदी र भाइको प्रशंसा सयुक्तरूपमा गर्नेगर्थे।
प्रिती यो घरको असली मालिक तिमी हौ। भाइ तिम्रो सहयोगी हो र दुबैको सल्हाबाट काम गर्नुपर्छ!- रघुविरले सधैँ यो बिचार व्यक्त गर्नेगर्थे।”
‘बाबा! आमा! मेरो घर कुन हो? मेरोथर केहो ?
आज प्रितीका आँखाबाट बगेको आँशुले आफ्नो बाबासँग यही प्रश्न गर्दैथियो।’
उनको उत्तर हिजो उनीहरूले प्रितीलाई दिएको शिक्षाको विपरित थियो। त्यसैले उनीहरू बोलेनन्।
“छोरी आजबाट तिम्रो घर र थर जाहाँ तिमी अहिले बिहे गरेर जाँदै छौ त्यही हुने छ।” दुबैजनाले आ अफ्नो मनैमनमा भने।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

20 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

21 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago