Categories: बाल कथा

“चित्त”

मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा-२,रुपन्देही

“समाउ,समाउ अहिले भाग्छ।”, चमेलीले हत्पताउँदै आमालाई भनी।
“छिटो ढोका थुन्। झ्याल पनि लगा।”,पुतलीले छोरीलाई आदेश गरिन्।
आमाछोरीको कल्याङमल्याङले आगन छेउँको शीतल छहारीमा खेलीरहेको भुण्टे पनि दौडदै भित्र पस्यो।
उखरमाउलो गर्मी थियो। सायद तिर्खाले आलसतालस भएर झुपडीको सानो झ्यालबाट भित्र पसेको थियो परेवा।आमाछोरीको लखेटालखेटले हडबडाएको परेवा ढोकाको चेपमा फत्रक्क पर्यो। खुसी हुँदै समातिन् पुतलीले।
समाएर डोकाभित्र थुनिन्। एउटा कचौरामा पानी राखिदिइन्। परेवाले घटघट पियो।


“अजिङ्गरको आहारा दैवले पुर्याउँछ भन्थे, हो रै’छ। मासु नखाएको धेरै भएको थियो। आज घरमै आइपुग्यो। साँझलाई झोलपानी हुने भयो।”, पुतलीले मुख मिठाउँदै भनिन्।
“कसले काट्दिन्छ त आमा ?”,छोरीले जिज्ञासा राखी।
“पर जेठाजुलाई भनम्ला नि।”,पुतलीले सहज जवाफ दिइन्।
“नाइँ नाइँ परेवालाई नकाट्ने। यसलाई छोड्दिम। उडेर आफ्नो घर जान्छ। विचरा! यसका पनि छोराछोरी होलान् नि।”,भुण्टेले दया भाव प्रकट गर्यो।
“नचाहिने कुरा काट्छ। जा खुरुक्क बाहिर खेल्न जा।”,भुण्टेलाई हप्काइन् आमाले।
साँझ पर्न आँटेकोले पुतलीले छोरीलाई अह्रयाउँदै भनिन् “म जेठाजुलाई बोलाउन जान्छु। कित्लीमा पानी तताउँदै गर्नु। परेवा राम्ररी हेर्नु। फेरि बिरालो आएर खाइदेला नि।”
भुण्टेले डोको बाहिरबाट परेवाको गतिविधि नियालिरहेको थियो। परेवाले टिलपिल टिलपिल आँखा गराउँदै बाहिर हेर्थ्यो। भुर्र भुर्र गर्दै निस्कने कोशिस गर्थ्यो।
भाइले परेवा हेरेकै छ भन्दै चमेली पानी तताउने तरखरमा लागी।
‘आमा पनि छैनन्। दिदी पनि भित्र छिन्।’, मनमनै सोच्यो र यही मौका छोपेर भुण्टेले डोको खोलिदियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

23 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

23 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago