शुक्रराज कुँवर
बलभद्रपथ, धरान १०

“नपिट्नु न छोरालाई । ठूलो भएको छोरालाई पनि पिट्छन् ?”
“धेरै नपुल्पुल्या ! गतिलो छ नि तेरो छोरा जति सम्झाए पनि टेर्ने होइन !”
“ब्याचलर पढदै गरेको छोरा । साथी जस्तो पो व्यवहार गर्नु पर्छ । पिटेर हकारेर हुन्छ?”
“ब्याचलर पढेर के गर्नु ? सङ्गत राम्रो छैन । चुरोट तान्दै थियो तेरो छोरा। बेलैमा डर धाक नदेखाए, पछि कुलतमा फस्न बेर लाग्दैन।”
“पछि इख लिन्छ छोराले अनि थाहा पाउनुहुन्छ।”
“राम्रो ! विष नभएको सर्प र इख नभएको मान्छेलाई कसैले टेर्दैन।”
“आखिर छोरो घर छोडेरै गयो । कसलाई पिट्नु हुन्छ अब ?”
“घर छोडेर कहाँ जान्छ ? चुच्चे ढुङगो उही टुङ्गो ,फर्केर आउँछ त्यो।”
“सतर्क…!”
छोराको विषयलाई लिएर ऊ बुढीसँग भएको गलफती सम्झँदै थियो।सैनिक कमाण्डरको चर्को आवाजले झसङ्ग भयो।  सैनिक ब्यारेकमा थियो ऊ । घर छोडेर हिँडेको दुई वर्ष पछि छोरा लप्टन भएको थियो र छोराको ‘पासिङ्ग आउट ‘ परेडमा ऊ उपस्थित थियो।
छोरालाई देखेर उसको छाती गर्वले चौडा भयो। पहिले छोरालाई पिटेको क्लेश पनि मनको अन्तर कुन्तर थियो। ‘मार्चिङ्ग’ गर्दै छोरा आफैँतिर आइरहेको देखेर ऊ जुरुक्क उठ्यो । छेउमा आइपुगेर छोराले पहिले उसलाई स्यालुट गर्यो र आफ्नो शिरको आर्मी ह्याट झिकेर उसको शिरमा लगाइदियो । फेरि तिन कदम पछाडि सरेर स्यालुट गर्यो।
बाउछोरा अङ्गालो हालेर खुसीको आँशु रोए । छोराले उसको पाउमा ढोग्यो । छोरालाई अङ्कमाल गर्दै पहिले आफूले पिटेकोमा दुःख मनाउ गरे। गह आँशुले भरियो , भने ” तिमी राष्ट्रको गहना बन्यौ, बाबु !”
र …! दुबै उन्मुक्त हाँसो हाँसे।
छोराले भन्यो – ” बाउले पिटेको छोरा र सुनारेले पिटेको सुन आखिर गहना नै बन्ने हो , बुवा !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

28 minutes ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

51 minutes ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago