Categories: बाल कथा

अन्तरदृष्टिका क्षणहरू


लक्ष्मी रेग्मी खनाल
वालिङ् – स्याङ्जा

बाबु सधैँ मोबाइलमा झुण्डिरहन्थे । छोरो रोए पनि, श्रीमतीले बोलाए पनि, घरको केही मतलब गर्दैनथे । उनी आफ्नै दुनियामा मस्त रहन्थे।
एक साँझ, पाँच वर्षीय आयुष खेल्दै थियो । उसले बाबुलाई सोध्यो – “बाबा, म ठूलो भएपछि तपाईँ जस्तै हुन्छु है ?”
बाबुले हाँस्दै भने – “अवश्य, बाबु ! तिमी म जस्तै बन्नुपर्छ ।”
आयुष केहीबेर मौन रह्यो । अनि मोबाइल लिएर बाबुको अगाडि बस्यो । केही बोलेन, केही मागेन । बस, त्यत्तिकै मोबाइलमा आँखा गाडेर बसिरह्यो ।
बाबुले एकछिन नियालेर हेरे। आयुषको अनुहारमा कुनै चमक थिएन, कुनै जिज्ञासा थिएन । एक शून्यता मात्र थियो ।
अचानक, बाबुको मन काँप्यो । यदि मेरो छोरो साँच्चै आफू जस्तै बन्यो भने ?
उनले तुरुन्तै मोबाइल छोडे । आयुषलाई काखमा तानेर आफूँ सँगै राखे र भने – “बाबु, आज हामी सँगै खेलौँ, है ?”
त्यो रात आयुष आफ्ना बाबुको काँधमा टाउको अड्याएर निदायो । पहिलो पटक बाबुले महसुस गरे – “जीवनमा असली व्यवहारको महत्त्व के हो ?”
कहिलेकाहीँ, एक सानो घटनाले नै आँखाको पर्दा हटाइदिन्छ । बाबुको लागि त्यो साँझ अन्तरदृष्टिको क्षण बन्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

16 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

17 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago