Categories: बाल कथा

अन्तरदृष्टिका क्षणहरू


लक्ष्मी रेग्मी खनाल
वालिङ् – स्याङ्जा

बाबु सधैँ मोबाइलमा झुण्डिरहन्थे । छोरो रोए पनि, श्रीमतीले बोलाए पनि, घरको केही मतलब गर्दैनथे । उनी आफ्नै दुनियामा मस्त रहन्थे।
एक साँझ, पाँच वर्षीय आयुष खेल्दै थियो । उसले बाबुलाई सोध्यो – “बाबा, म ठूलो भएपछि तपाईँ जस्तै हुन्छु है ?”
बाबुले हाँस्दै भने – “अवश्य, बाबु ! तिमी म जस्तै बन्नुपर्छ ।”
आयुष केहीबेर मौन रह्यो । अनि मोबाइल लिएर बाबुको अगाडि बस्यो । केही बोलेन, केही मागेन । बस, त्यत्तिकै मोबाइलमा आँखा गाडेर बसिरह्यो ।
बाबुले एकछिन नियालेर हेरे। आयुषको अनुहारमा कुनै चमक थिएन, कुनै जिज्ञासा थिएन । एक शून्यता मात्र थियो ।
अचानक, बाबुको मन काँप्यो । यदि मेरो छोरो साँच्चै आफू जस्तै बन्यो भने ?
उनले तुरुन्तै मोबाइल छोडे । आयुषलाई काखमा तानेर आफूँ सँगै राखे र भने – “बाबु, आज हामी सँगै खेलौँ, है ?”
त्यो रात आयुष आफ्ना बाबुको काँधमा टाउको अड्याएर निदायो । पहिलो पटक बाबुले महसुस गरे – “जीवनमा असली व्यवहारको महत्त्व के हो ?”
कहिलेकाहीँ, एक सानो घटनाले नै आँखाको पर्दा हटाइदिन्छ । बाबुको लागि त्यो साँझ अन्तरदृष्टिको क्षण बन्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

6 minutes ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

24 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

24 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago