Categories: Uncategorized

प्रेरणा


माहेश्वरी भट्ट
कञ्चनपुर

सन्ध्या हरेक बिहान एउटै बाटो भएर अफिस जान्थिन्। बाटोमा उनलाई प्रायः एउटा सानो केटो देखिन्थ्यो, जसले सडकछेउमा बस्दै जुत्ता पालिस गर्थ्यो। उसको अनुहारमा थकान थियो, तर आँखा भरिपूर्ण आशाले चम्किरहेका हुन्थे।
एकदिन सन्ध्याले सोधिन्, “किन पढ्दैनौ ? के तिमीलाई पढ्न मन छैन ?”
केटो हल्का मुस्कुरायो, “मन त धेरै छ दिदी, तर परिवार पाल्नुपर्छ।”
सन्ध्यालाई उसको जवाफले स्तब्ध बनायो। त्यो दिनदेखि उनले केटोलाई हरेक दिन एउटा किताब लिएर जान थालिन्। जुत्ता पालिस गर्ने केटो दिनभर काम गर्थ्यो, राति किताब पढ्थ्यो। केही वर्षपछि, ऊ एउटा राम्रो व्यवसायी बन्यो।
एकदिन ऊ सन्ध्याको अफिस पुग्यो र मुस्कुराउँदै भन्यो, “तपाईँको एउटा किताबले मेरो जीवन बदलिदियो। धन्यवाद, दिदी!”
सन्ध्या मुस्काइन्। सानो प्रेरणाले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा फेरि एकपटक पुष्टि भयो।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago