Categories: कविता

“गाईजात्रा”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी

गाईजात्रा किन कैले मनाउनु पर्छ
बताउन काे काे अघि आज यहाँ सर्छ।
प्रश्न साेध्नुभयाे गुरु सबै भयाैं वाल्ल
थाह छैन भनेपछि भन्नुभयाे बल्ल।


भाद्र कृष्ण प्रतिपदा गाईजात्रा पर्व
नेवारीकाे मात्रै हैन सबै गराै गर्व।
मल्ल राजा प्रतापले हुँदा पुत्र शाेक
गाईजात्रा मनाउने निकालेथे याेग।
गाईजात्रा परिक्रमा गराउँदा खेरि
शान्त भइन् रानी पनि गाईजात्रा हेरी।
दिवंगत आफन्तकाे सम्झनका लागि
गाईजात्रा मनाइन्छ चिन्ता पिर त्यागी।
चट्ट पारी सिंगारेर डाेकाे भित्र पस्छन्
चारैतिर रसी बाँधी नचाउने गर्छन्।
गाई लिई डुल्छन् काेही बीच सहरमा
काेही गाई बनी हिड्छन् आफैँ रहरमा।
काेही जाेगी बन्छन् हेर गेरू लगाएर
हँसाउदै हिड्छन् काेही मुख बङ्गाएर।
काेही झ्याली ढाेल पिट्छन् काेही लाखे नाँच्छन्
भजनमा ताली पिट्दै काेही कम्मर भाँच्छन्।
विकृति र विसङ्गति बिरूद्धमा हेर
गाईजात्रे व्यङ्ग्य गर्छन् कलाकार धेर।
हाँस्ने , बाेल्ने , पिर पाेख्ने चाड गाईजात्रा
गाईजात्रा संस्कृतिकाे याैटा विशेष् यात्रा।
लाै त अब गाईजात्रा हुनै लाग्यो सुरू
हिंड सबै जात्रा हेर्न भन्नुभयाे गुरु।
गुरूसँगै गाईजात्रा हामीहरू हेर्याेँ
संस्कृतिकाे नयाँ यात्रा हामी सुरू गर्याैं।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

2 days ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

2 days ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

3 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

3 days ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

4 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

4 days ago