लेखन : श्री लजना श्रेष्ठ
कक्षा : १०
गोल्डेन पिक स्कुल
हाम्रो देशका मुख्यमुख्य पर्वहरुमा जात्राले महत्वपूर्ण ठाउँ ओगटेको छ । यसमध्ये गाईजात्रा पनि एक हो । गाईजात्रा नेवार समुदायको सत्रौँ शताब्दीदेखि चलिआएको प्रथा हो । यसलाई गाईहरुको एवं हाँसो र ठट्टाको पर्वका रुपमा पनि चिनिन्छ । यो पर्व विशेष गरी काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय नेवारहरुले मनाउने गर्दछन् । गाईजात्रा नेवार समुदायको ठुलो पर्व हो, जसमा पितृहरुको सम्झनामा गाई र जोगीका साथ सडकमा जुलुस निकालेर प्रदर्शन गर्ने गरिन्छ । आफ्नो घरमा कुनै आफन्तको मृत्यु भएको एक वर्षको अवधिमा रङ्गी विरङ्गी र अनौठा पोशाक लगाएर जात्रा निकाल्ने गरिन्छ । यो पर्व नेपालमा विभिन्न किसिमले मनाइन्छ । मिलीमिली चोलो,जामा, पेरुङ्गे टोपी, माफ्लर, सेतो पटुका धाराण गरेका मानिसहरु साथमा बाजागाजा घन्काउँदै टोल सहर घुम्छन् ।
यस पर्वको आरम्भ कसरी भयो त ?
अनौठो भेष धाराण गरेर हाँसख्याल प्रर्दशन गर्ने, उट्पट्याङ् गर्दै हसाउँदै, विचित्र रुपमा मनाइने यो पर्व नेपालको मौलिक पर्व हो । गाईजात्राको सुरुवात हुँदा सबै जना मृत्युको देवता यमराजको डरले पुजा गर्थे । जाईजात्रा राजा प्रताप मल्लको पालादेखि चलिआएको प्रथा हो । इतिहास अनुसार वि.सं. १६९८ मा १८ वर्षीय युवराज, प्रताप मल्ल कान्तिपुर राज्यका राजा भएका थिए । यसरी राजा भएका प्रताप मल्लका दुई रानीहरुबाट पाँचवटा सन्तान थिए । परम्पराअनुसार राजाको मृत्युपछि जेठो छोराले मात्र शासन गर्ने अवसर पाइन्थ्यो । तर राजा प्रताप मल्लले आफ्नो हरेक सन्तानलाई एक एक वर्ष राज्य सञ्चालन गर्ने अवसर दिने निर्णय गरे । एक चोटी उनको दोस्रो सन्तान, राजकुमार चक्रवर्तेन्द्रको शासन गर्ने पालो आयो । चक्रवरतेन्द्रको राज सुरु भएको भोलिपल्ट उत्सवको आयोजना गरियो, जसमा चक्रवरतेन्द्र विशाल हात्ती चढेर आए । तर हात्ती अनियन्त्रित हुन पुग्यो र चक्रवरतेन्द्रको त्यही दिन मृत्यु भयो । यस घटना पछि रानी शोकबाट निस्कन सकिनन् । यो देखेर राजा प्रताप मल्लले आफ्ना जनतालाई रङ्गीविरङ्गी पोशाक लगाइ एउटा गाई लिएर जात्रा निकाल्न आदेश दिए , र धेरै जना आए पनि । यसरी राजा प्रतापले आफ्नी रानीलाई केवल उनको छोराको मात्र मृत्यु भएको होइन, हरेक परिवारमा मानिसको मृत्यु हुने गर्दछ भन्ने सत्य बुझाए । अन्त्यमा ती अनौठा पोशाक लगाएका मानिसहरुलाई देखेर रानीले पनि आफ्नो मुस्कान छोडिन् ।त्यस दिनदेखि हरेक वर्ष त्यही तिथिमा मानिसहरुले गाईजात्रा मनाउन थाले ।
गाईजात्रा किन र कसरी मनाइन्छ ?
गाईको सिङले यमलोकको ढोका खोल्दछ र मृत व्यक्तिको आत्मा त्यसभित्र प्रवेश गर्न पाउँछ भन्ने लोक धाराणा रहेको छ । गाईजात्रा उत्साह र उत्सुकताका साथ भाद्र महिनामा जनै पूर्णिमाको भोलिपल्ट भाद्र शुक्ल परेवाको दिनदेखि आठ दिनसम्म मनाइने गरिन्छ । मानिसहरु यस पर्वमा हरेक वर्ष जसको गत वर्ष अवधिमा कुनै आफन्तको मृत्यु भएको छ , उनीहरुको सम्झनामा एउटा गाई र जोगीलाई लिएर सडकमा आफ्ना पितृको स्मृति गर्दै प्रदर्शन गर्दछन् । जोगी चाहीँ कुनै जवान केटालाई बनाउने चलन छ । गाईलाई हिन्दु धर्ममा धेरै पवित्र मानिन्छ र मृतकलाई स्वर्ग पठाउन गाईले सहयोग गर्छ भन्ने गरिएको छ । गाइजात्रा नेपालको लोकप्रिय उत्सव हो, जसले परिवारको कोही सदस्यको मृत्युबाट दुःख हटाउन, मृत्युको वास्तविकता स्वीकार गर्न परिवारका मानिसहरुलाई हौसला दिन्छ । यो पर्वले थोरै भएपनि दुःख कम गर्छ र देखाउँछ कि हामी एक्लै छैनौँ जसले आफ्नो परिवारको सदस्य गुमाएका छौँ ।
नेपालभर मनाइने यो पर्व मूलरुपमा उपत्यकाका तीन जिल्लामा मनाइने गरिन्छ । जस मध्ये भक्तपुरको गाईजात्रा अझै लोकप्रिय मानिन्छ । पञ्चेवाजाको धुनसँग तालमा ताल मिलाएर लौरोको नाच पनि प्रदर्शन गर्ने गरिन्छ । गाईजात्राको उपलक्ष्यमा काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा पनि दिँदै आएको छ । यो पर्वले अन्तराष्ट्रिय स्तरमा पनि नेपाली संस्कृतिको सकारात्मक प्रचार गर्ने काम गरेको छ । यसले मृतकको र मृतकका आफन्तको पनि मनमा शान्ति पुर्याउने काम गर्दछ । हालका दिनहरुमा यस पर्वलाई वाक् स्वतन्त्रताको रुपमा पनि प्रयोग गरिएको पाइन्छ ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…