Categories: बाल कथा

“गोप्य कुरा”

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

चमेलीले भाँडा माझ्न आउँदा उजेलीको छोराको लागि दैनिक एउटा अण्डा ल्याउने गर्दथी।
उजेली दम्पतीले आफ्नो सन्तान नभएकोले अस्पताल नजिक झाडीमा फेला पारेको त्यो बालकलाई ल्याइ छोरा बनाइ पालेका थिए।


त्यो बच्चालाई चमेलीले निकै बेर सम्म तेल लगाइ माड्नमा पनि सघाउँथी।
महिना दिन पुगेपछि उजेलीले चमेलीलाई पाँच हजार दिई।
चमेलीले भनी “किन यतिधेरै।हाम्रो कवोल त तीन हजार मात्रै हो नि। यो भन्दा बढी एक पैसा पनि लिन्न।”
उजेलीले भनी” तिमीले दैनिक ल्याएको एउटा अण्डा र बच्चाको थप स्याहारसुसार वापतको हो ।”
उसले भनी “मैले आफ्नै बालक ठानेर त्यसो गरेकी हुँ। यसैले थप त्यो रकम मेरो लिन आत्माले मान्दैन ।
उनलेे सोधिन् ” त्यसको पनि कुनै कारण होला नि!”
उसले भनी” छ,तर भन्न मिल्दैन ।”
उनले भनिन् ” तिम्रो म बाहेक यो संसारमा मनको पीडा पोख्ने ठाउँ कहाँ नै छ र!, पीडा पोखेर हलुङ्गो हुन सकिन्छ । मैले कतै पनि भन्दिनँ ,ढुक्क होउ।”
उसले आँसु झार्दै भनी” बाबू पत्ता लगाउन नसकेपछि मैले नै अस्पताल अगाडिको झ्याङमा फालेर कोही मार्फत निगरानी गरिरहेकी थिएँ। तपाईँहरुले यसको जीवन दिनु भयो । यो गोप्य कुरा तपाईँ बाहेक कसैलाई थाहा नहोस् है।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

20 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

20 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

21 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago