Categories: कविता

“पढ्न जाऔँ”

आत्मराम न्यौपाने

पढ्न जाऔँ सबै आज विद्यालय
लेख्न जाऔँ सबै आज विद्यालय।

पढ्न वा लेख्न जान्दैन जो सज्जन
हुन्न विद्वान् गुणी हुन्न धेरै धन
जान्न सक्दैन अर्को र आफ्नोपन
चिन्न सक्दैन ऊ सन्त वा दुर्जन।

बन्न विद्वान् गुणी चेतना पाउन
व्यक्ति कस्तो भनी चिन्न जान्ने हुन
पढ्न जाऔँ सबै आज विद्यालय
लेख्न जाऔँ सबै आज विद्यालय।

जिन्दगीमा सबै थोकको मूल्य छ
पढ्न जान्दैन जो ऊ मरेतुल्य छ
काम धेरै रहून् गर्न बाँकी तर
मुख्य झन् काम हो चिन्नु यी अक्षर।

आज संसारमा ज्ञानको सान छ
ज्ञान वा बुद्धिकै मान सम्मान छ
ज्ञान ऐश्वर्य हो ज्ञान पैसा सुन
ज्ञान विज्ञानले अग्रगामी हुन।

पढ्न जाऔँ सबै आज विद्यालय
लेख्न जाऔँ सबै आज विद्यालय।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago