पुण्य घिमिरे
बैत्यश्वर-६, दाेलखा
चार एक पाँच कैले,
एकचालिस कैले,
एक चार चाैध भन्छन्,
पाँच भन्छन् कैले ।
चार एकान् चार कैले,
एक चाैका चार कैले,
हैट् कस्ताे गाराे हिसाब,
खै के बुझ्नु र मैले ।
एक हातमा पाँच औँला,
दुई हातका दस,
हात खुट्टाका जम्मै औँला,
मिलाउँदा बीस।
मेरा आँखा दुईटा गुन्दा,
चार हाे कैले?
हैट् कस्ताे गाराे हिसाब,
खै के बुझ्नु र मैले ।
जम्मा एउटा मुख मेराे,
गुणा भाग हुँदैन
सललल बग्छ पानी,
गनी साध्य हुँदैन ।
जीवन याे गणित रे,
गनी सक्नु र कैले,
हैट् कस्ताे गाराे हिसाब,
खै के बुझ्नु र मैले ।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…