बिमुन्स पौडेल
सेतो कोट भिरेर आइन् दिदी यता
अस्पताल भित्र गयौँ भुल्यौँ कताकता
उपचार गर्ने भनी गेट खोली पस्यौँ
दिनैभरि यता उता ट्वाल्ल पर्दै बस्यौँ।
सुई देखी सातो गयो सानो भाइको
रोगै लाग्न नदिऊँ भन्ने कुरो दाइको
सफा ताजा खाना, उस्तै कपडा
लगाएमा रोग लाग्ने हुन्न लफडा।
भित्र केके भएको छ भन्नू पर्छ खोली
आधा रोग निको पार्ने हुनुपर्छ बोली
के के भयो समस्या भन्नू खुलेर
अनि मात्र उपचार हुन्छ बुझेर।
आमा खुशी हुने छोराछोरी खुशी हुँदा
बाबा रुने छोराछोरी रोग लागी रुँदा
बानी अल्छी भएमा सक्छ रोग जाग्न
किटाणुले छोएमा सकिँदैन भाग्न।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…