बिमुन्स पौडेल
सेतो कोट भिरेर आइन् दिदी यता
अस्पताल भित्र गयौँ भुल्यौँ कताकता
उपचार गर्ने भनी गेट खोली पस्यौँ
दिनैभरि यता उता ट्वाल्ल पर्दै बस्यौँ।
सुई देखी सातो गयो सानो भाइको
रोगै लाग्न नदिऊँ भन्ने कुरो दाइको
सफा ताजा खाना, उस्तै कपडा
लगाएमा रोग लाग्ने हुन्न लफडा।
भित्र केके भएको छ भन्नू पर्छ खोली
आधा रोग निको पार्ने हुनुपर्छ बोली
के के भयो समस्या भन्नू खुलेर
अनि मात्र उपचार हुन्छ बुझेर।
आमा खुशी हुने छोराछोरी खुशी हुँदा
बाबा रुने छोराछोरी रोग लागी रुँदा
बानी अल्छी भएमा सक्छ रोग जाग्न
किटाणुले छोएमा सकिँदैन भाग्न।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…