कृष्ण बोहरा
त्रिपुरासुन्दरी ६, सिन्धुपाल्चोक
एउटा घरमा दुई श्रीमान श्रीमती आपसमा झगडा गर्दै थिए।हिमालको श्रीङ्गखला चारैतिर देखिने गाउँले परिबेस थियो।खेती योग्य जग्गा जमिन पनि प्रसस्त थियो यो परिवारसंग ।एउटा छोरो त नभै नहुने श्रीमानको मनमा पर्यो । उनको परिवारमा दुई छोरीको जन्म पहिल्यै भैसकेको थियो । एकदिन श्रीमानले भने, ” त छोरी छोरी पाउने भएपछी म अर्को बिवाहा गर्न बिवस छु। ” श्रीमतीले भनिन, ” यो मैले चाहेर पाएको हैन त ? ” ” यसपटकको गर्भ त सुटुक्क डाक्टरी जाँच गरेर मात्र पाउनुपर्छ। छोरी नै भए क्यूरेट गरि फाल्नु नै बेस। ”
श्रीमतीले पनि सहमती जनाइन।
पेटमा हुर्की रहेकी बच्चीले भनिन, ” भाइ तिमीलाई धेरै धेरै धन्यवाद ! तिम्रो कारणले मैले पनि संसार देख्न पाउने भए। ” पेटमा यसपटक छोरा र छोरी दुई बच्चा हुर्कीरहेका थिए।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…