गीताञ्जली साहित्य रत्न पुरस्कार कल्याण पन्त र रूना साहित्य पुरस्कार असफल गौतमलाई

गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कारबाट साहित्यकार कल्याण पन्त पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भइसकेका छन् । संस्थाद्वारा सञ्चालित मुक्तकविधा केन्द्रित रुक्मिना नारायणदत्त (रुना) साहित्य पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भइसकेका छन् । साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका स्रष्टालाई प्रोत्साहित गरिने दुवै पुरस्कारको राशि २५ हजार नगदसहितको रहेको छ । गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित सञ्चालित पुरस्कार रहेको पुरस्कार हो । यस्तै, रूना साहित्य पुरस्कार मुक्तकमणि तीर्थराज अधिकारी परिवारद्वारा बाबा नारायणदत्त र आमा रूक्मिणाको स्मृतिमा स्थापित अक्षयकोषबाट सञ्चालित रहेको गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानु भण्डारी क्षितिजले जानकारी दिए । प्रा.डा. जगन्नाथ रेग्मीको संयोजकत्वमा गठित तीन सदस्यीय प्रतिभा छनौट समितिको सिफारिमा सो साहित्य प्रतिष्ठानले सर्वसम्मत स्वीकृत गरेको हो । राइनास नगरपालिका–८, लमजुङमा जन्मेका कल्याण पन्त लघुकथाका कृति प्रकाशन, अनुसन्धानमूलक लेखन, खगोल तथा ज्योतिष विज्ञान र पत्रकारितामा क्रियाशील छन् । विभिन्न ग्रन्थको सम्पादन अनुभवसमेत हासिल गरेका पन्तका समय सन्दर्भ र प्रसाद दुई लघुकथा सङ्ग्रह कृति प्रकाशित छन् । लघुकथा विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) द्वारा आयोजित कार्यक्रममा २०७७ सालमा जापानमा समेत लघुकथा वाचन गरेका थिए । यस अघि उनी लघुकथा समाज नेपालद्वारा आयोजित बाटुली खिलध्वज लघुकथा सम्मान, २०७९ बाट पुरस्कृत भइसकेका छन् । पुतलीबजार नगरपालिका–७, स्याङ्जामा जन्मेका असफल गौतम आफूलाई नेपाली वाङ्मय र सञ्चारका क्षेत्रमा सर्जक, सङ्गठक, समालोचक र अन्वेषकका रूपमा स्थापित गराउन साधनारत स्रष्टा हुन् । विविध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका उनी दर्जनौं सम्मान पुरस्कारबाट विभूषित छन् । यसैगरी, संस्थाद्वारा बालप्रतिभाको प्रोत्साहनका लागि साहित्यकार तिलक पौडेल स्यार्कोटेद्वारा स्थापित तुलसी मुवा अहिल्या बालप्रतिभा पुरस्कार इडिभा खतिवडालाई प्रदान गरिने भएको छ । प्रोत्साहन पुरस्कारको राशि एक हजार एक सयसहितको रहेको छ । उक्त पुरस्कारबाट यस अघि स्मृति ओझा, लक्ष्मण आचार्य, सिर्जन ज्ञवाली, दिपशिना पौडेल र प्रियदर्शन पहारी पुरस्कृत भइसकेका छन् । यी तीनवटै सम्मान तथा पुरस्कार यही भाद्र १ गतेका दिन एक विशेष समारोहका बीच पोखरामा अर्पण गरिने संस्थाका सचिव नरेन्द्र रानाभाटले जानकारी दिए ।

सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

19 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

20 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago