बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार


सीता वादी
मन्त्री
महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार, विपद् प्रतिकार्यमा झन्डै १ अर्ब परिचालन
बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षण तथा विपद् प्रतिकार्यलाई तीव्रता दिँदै सरकारको समन्वयमा झन्डै १ अर्ब रुपैयाँ बराबरका परियोजना परिचालन भएका छन्। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारीसमेत अन्तिम चरणमा पुगेको छ।
बालबालिकाको अस्थायी संरक्षणका लागि तयार पारिएको केन्द्रको ब्लक ‘ए’ मा रंगरोगन, फ्लोरिङ, म्याट्रेस तथा पर्दा व्यवस्थापन, कार्यालय स्थापना र विद्युतीय वायरिङको काम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीबाट २० वटा हाइजिन किट प्राप्त भएका छन् भने बालबालिकाका लागि आवश्यक कोठाहरू तयारी अवस्थामा छन्। केन्द्रको मुख्य प्रवेशद्वार निर्माण भइसकेको छ।
केन्द्रमा शौचालय तथा भान्सा ब्लक निर्माणको काम जारी छ। स्थायी शौचालय तयार नहुँदासम्म ललितपुर महानगरपालिका र युनिसेफसँगको समन्वयमा अस्थायी मोबाइल शौचालयको व्यवस्था मिलाउने तयारी भइरहेको छ। गोदावरी नगरपालिकासँगको समन्वयमा परिसर सम्याउने तथा ग्राभेलिङको काम भइरहेको छ। नगरपालिकाले बगैँचा निर्माण तथा सौन्दर्यीकरणका लागि फूलसमेत उपलब्ध गराएको छ भने नेपाल स्काउट र लियो स्वयंसेवकहरूले सरसफाइ, बगैँचा निर्माण तथा परिसर व्यवस्थापनमा सहजीकरण गरिरहेका छन्।
विपद् प्रतिकार्यमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई परिचालन गर्न सामाजिक कल्याण परिषद्ले २०८३ असोज १५ गतेसम्म छोटो प्रक्रियामार्फत परियोजना सम्झौता गर्न सकिने व्यवस्था गरेको छ। सो अवधिमा ११८ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १२१ नयाँ परियोजना स्वीकृत भएका छन्। ती परियोजनाको कुल बजेट रु. ९७ करोड ८८ लाख १३ हजार ४४९ रहेको छ। थप दुई परियोजनाको संशोधनका लागि रु. २७ लाख ९४ हजार ७५० स्वीकृत भएको छ। नयाँ परियोजना र संशोधनसहित कुल रकम रु. ९८ करोड १६ लाख ८ हजार ११९ पुगेको छ।
त्यस्तै, ५६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु. ४१ करोड २६ लाख ३५ हजार ६५३ बराबरका राहत सामग्री परिचालन गरेका छन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रु. ४ करोड ४६ लाख ३२ हजार ६६९ नगदसमेत जम्मा गरेका छन्। ३५ राष्ट्रिय गैरसरकारी संस्थाले रु. १८ करोड ८४ लाख ३७ हजार ९८८ बराबरको सहयोग उपलब्ध गराएका छन् भने रु. २ करोड ९९ लाख ८ हजार ८१८ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
बाढीबाट प्रभावित बालबालिका तथा अन्य नागरिकको तत्कालीन संरक्षण, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारबीचको समन्वयलाई थप सुदृढ बनाउँदै लगिएको छ।

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

10 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

10 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

11 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

1 day ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

1 day ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

1 day ago