Categories: कविता

“दसैँ”


विदुर अधिकारी
रामपुर

आयो चाड दसैँ शरद् ऋतुसँगै,हाम्रो धरा धाममा
बाला सौम्य झुली सुरम्यधरती,फुल्ने मिठो याममा
कस्तो हुन्छ फुलेर फूल भवमा,सौगन्ध फैलाउँदा
त्यस्तै हुन्छ दसैँ सुगन्ध बटुली,यो भूमिमा आउँदा।

बच्चा बृद्ध रमाउने बखत यो,भेट्दा सबै सन्तति
आशीर्वाद लिनै भनेर घरमा आफन्त जान्छन् कति
कस्तो हुन्छ मजा सदासय लिई, सङ्गीतमा गाउँदा
त्यस्तै हुन्छ मजा दसैँ गजबको,सम्बन्ध भै आउँदा।

प्यारो दिव्य थलो अखण्ड ममता,राखेर हामीसित
पुर्खौँदेखि फली फुली सबतिरै,गर्दै छ हाम्रो हित
कस्तो हुन्छ सुरम्य पर्व लहरी,आफ्नासँगै पाउँदा
त्यस्तै हुन्छ दसैँ शरद् समयमा, नौलो बनी आउँदा।

देवीकै गरिने उपासन यहाँ , यो पर्वमा बेसरी
नारी सृष्टि अपार यो भुवनकी, मानिन्छ लोकैभरि
कस्तो हुन्छ खुसी अहो हृदयमा,सद्भावना छाउँदा
त्यस्तै हुन्छ खुसी दसैँ घरघरै,आभा बनी आउँदा।

साटासाट हुने छ यो बखतमा, सद्भावनाका पल
बोलीमा मृदुभाव झल्किन गई,आत्मा हुने निर्मल
कस्तो बन्दछ हर्ष सर्जक बनी,सञ्जालमा छाउँदा
त्यस्तै हर्ष हुने दसैँ अवनिमा,श्रद्धा बनी आउँदा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

स्वीकार्नुहोस् यो नम:

आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…

11 hours ago

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

11 hours ago

गुरुदक्षिणा

सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना। अम्बिका धिताल विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा…

12 hours ago

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

1 day ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

1 day ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

2 days ago