Categories: बाल कथा

गुराँस फुल्ने गाउँ


रम्भा पौडेल

गुराँस फुल्ने जंगल छ, गुराँस फुल्ने जंगल छ
हजुरलाई कस्तो छ, मलाई त कुसल मंगल छ ।
हजुरलाई कस्तो छ, मलाई त कुसल मंगल छ ।।
मधुरो स्वरमा यो गीत गुन्जिरहेको थियो । गीतको भावले विदेशमा बस्ने सुधनको मन भरिएको देखेर उनकी श्रीमतीले भनिन्–“हजुरको मन त कति कमलो छ भने गीत सुन्ने हुँदैन । हजुरको आँखा रसाई हाल्छन हैन ? दशैँ नजिक आउदैगर्दा विदेशमा बस्ने नेपालीको मन कसको पो नरसाउला र ? देखाउन नसकेको मात्रै न हो ?”
“तिमीलाई पनि भित्रभित्रै त नरमाइलो लागेकै होला नि ? सुधनले श्रीमतीतिर फर्केर भने । उनले पनि आँखा रसाँउदै भनिन् “के गर्ने नेपालमा राम्रो जागिर पाइएन । त्यति थोरै तलबले खानै पुगेन । के गर्ने ? बस्न त आफ्नै गाउँमा मन थियो नि !”
“भो धेरै फुर्ति नलगाउ । त्यहा बसुन्जेल कतिबेला भागौँ जस्तो भयो । बुढाबुढीबाट टाढा बस्न तिमीलाई नै मन थियो । अहिले यहाँ आएर पो थाहा भयो त काँंचो पिडालु खाउँ कि निलौँ भएको ।”श्रीमतीले जवाफ नर्फकाइकन जंगल तिर हेरेर गित सुनिरहिन् । उता भित्र बसेको सानो छोराले भने, “यो गुराँस फुल्ने जंगल कहाँ छ बाबा ? हाम्रो नेपालको गाउँ हो ? मलाई त नेपालको गाउँ हेर्न मन छ ।”
“मलाई यो नेपाली बोल्न नजान्ने स्कुलमा पढेको मन परेको छैन । अग्रेजी मात्रै पढेर हुन्छ र ? हामीलाई आफनो देशको भाषा सिक्नुु पर्दैन ? आफनो देशको संस्कृति जान्नु पर्दैन ? विदेशमा हाम्रो मनले जहिले पनि असुरक्षा अनुभव गर्छ । कुनै दिन यस्तो आउनेछ बाबा हामी लखेटिने छौँ ।”
“मलाई नेपालको नागरिकता चाहिन्छ । म नेपाली भएर बस्न चाहान्छु । विदेशी होइन ।” दश कक्षामा पढदै गरेको छोराले ढिपी कसे ।
“मलाई नेपालका गाउँका साथिहरुसँग खेल्न मन छ । मलाई हजुरआमाले बनाएको खाजा साथीहरुको बीचमा बाँडेर खान मन छ । बाँडेर खान पनि नजान्ने स्वार्थी समाजमा मलाई बस्न मन छैन बाबा ।” मनको कुरा छोराले बोलेकोमा सुधन खुशी भए ।
“तर नेपालमा तिम्रो भविष्य छैनन नि बाबु !” बाबुले भने ।
“मेरो भविष्य म आफैँ बनाउँछु बाबा । मेरा हजरुबुबा र हजुरआमाको भविष्य कसले बनाइदियो ? भविष्य भनेको पैसा र सुख मात्र हैन ।” यी त साधन हुन आर्जन गर्नुपर्छ ।
“सबैभन्दा ठुलो कुरा मेरो मनको शान्ति हो । यो ठाउँमा कहिल्यै शान्ति मिल्ने छैन । असल शान्ति त त्यो मेरो हजुरबा र हजुरआमाको काखमा मिल्छ ।” उनले जिद्दी गरे । “हजुरहरु बसे बस्नुस । म त भोलि नै टिकट काटेर त्यै गुराँस फुल्ने गाउँमा जान्छु । नयाँ पुस्ताले देश बनाउन खोजेको कुरा अझै थाहा पाउनु भएन ?”

सारथि बाल पत्रिका

View Comments

  • Your article helped me a lot, is there any more related content? Thanks!

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago