‘अनिमेष’ नीलमकुमार पौड्याल
बागलुङ, हाल लण्डन

“बाबा, यसपालिको दशैँमा हामी पनि बोका काट्नु पर्छ है ” भुण्टेले नाकबाट झर्न थालेको सिँगानलाई माथि तान्दै भन्यो। तर चुमानेको अनुहारमा त्यो सिँगानजस्तै तन्किएको साँझ बिहानको गर्जो टार्ने थकान।
चुमाने भने यसपटकको दशैँमा घरको बोकालाई राम्रो मुल्यमा बेचेर केटाकेटीको च्यातिएका कपडाहरु फेरिदिने ध्याउन्नमा थियो।
दशैँ आएको थियो – तर त्यो दशैँ होइन, दशा बनेर। आफ्नो परिवारका रहरहरुलाई पन्छाएर कठोर बन्ने चाहाना त चुमानेको पनि कहाँ हो र ! गुन्द्रुकको रसले वाक्क भएका आफ्ना सन्तानलाई एक चौटा मासु खाने सपना दशैँ कुर्दा सम्म पनि पुरा हुँदैन। चुमाने खुईईय गर्दै गोठ तिर लाग्छ। डोरीमा बाँधिएको बोकोले आँखा झिम्काउँदा चुमानेलाई लाग्छ – उ पनि बाँच्न चाहन्छ होला। तर बाध्यता कठोर छ।
गोठबाट घर फर्कि नसक्दा पिँडीमा साहु पिताम्बर देखापर्छन्। एक हातमा चुरोट, अर्कोमा लौरो। “दशैँमा ब्याज तिर्छु भनेको थिईस् नि, के भयो चुमाने?”
चुमाने थाकेको स्वरमा भन्छ, “नाम्लो काँधमै छ तर बजार सुनसान छ।” अचेल गाउँमा दैला दैला गाडी पुगेपछि लाहुरेको भारी बोक्ने पेसा पनि हरायो।
साहु चिडिन्छन्-“मेरा छोरा छोरी नातिनातिना विदेशबाट दशैँ मनाउन आउने भनेका छन्। एउटा बोका नढाले रमझम पनि हुँदैन। पैसा छैन भने बोको फुकाइदे!”
चुमाने झसङ्ग हुन्छ- “बोका… तर… साहुजी…” स्वर दवाएर पीडा लुकाउने कोशिस गर्छ। तर साहुले गोठतिर गएर डोरी फुकाल्छन् बाँकी -” हिसाब पछि।”
बोको कराउँदै थियो साहुले घिसार्दै घरमा लगेर बार्दलीको खम्बामा बाँध्छन् । बिस्तारै अँध्यारो पस्छ। घर नजिकको जंगलबाट एउटा बाघ निस्कन्छ।
बाघको गन्धले बोको काप्दै कराउन थाल्छ। जर्फराउँदै भित्रबाट पिताम्वर बाहिर के निस्किन पाएका थिए घटना अकल्पनीय हुन्छ। बोकाको गन्धले आएको बाघले पिताम्वरलाई टिपेर बारिको काल्नामा मुन्ट्याउछ।
“बचाऊ! मरेँ!” पिताम्बर चिच्याउँछन्।
त्यो रात, बोको सुरक्षित रह्यो।
तर पिताम्वरको दशैँ अनपेक्षित रूपमा बारिको कुनामा टुङ्गियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

23 seconds ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

9 minutes ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

24 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago