Categories: विविध

दशैँ…!


सुदर्शन अम्बटे

वरिपरी जङ्गलमा झ्याउकिरी कराउँथ्ये, -‘दशैँ आउँदैछ’ भन्थे । सोह्रश्राद्ध लाग्थ्यो मालश्री गाउँथे- ‘दशैँ नजिकै छ’ भन्थे । बाटो घाटो फाड़थे, गाउँ साफ राख्थे- ‘दशैँ काखैमा छ’ भन्थे । सेताम्मे काॅश फुल्थे, धुरुधुरु भैसी रून्थे -‘मार हान्ने दिन आयो’ ठान्थे । ‘बड़पैसा’ पाउथे बजार कुदाउथ्ये, कैञाहरु रमाउँथे । नयाँ लुगा लाउँथे नयाँ जुत्ता पाउँथे भूराहरु उफ्रिन्थे ।
एउटा खसी नढाले के दशैँ ! एउटा सुँगुर नघोचे के दशैँ दशैँ…! ! होड़ चल्थ्यो हान-मारको गाॅवैभरि । यस्तो हुन्थ्यो दशैँको रमझम । “नमरी बाचेको दैवले साँचेको” “आघौँको दशैँको मर्दो को बाँच्दो” “खाईसार कि लाईसार मरेपछि लम्पसार” – भन्थे बुड़ाहरु । त्यसैले घरको मासु घसमै चलाउँथे । लाखा-पाखा बेच्दैनथे।
नानीहरूको लुगा देखाउने होड़ चल्थ्यो । तरुणीहरु लिङ्गे पिङमा झुत्तो लाग्थे । तन्नेरीहरू पीङ ठेल्नमा मस्त हुन्थे । ग्रह फ्याक्नेहरू ‘एनिमोर’ मा थुप्रन्थे । बुड़ाखाड़ा बाह्रमासे खेल्थे । घरकी आमैले निघार छान्थिन् । दशैँको स्वागत त्यसरी हुन्थ्यो ।
दशमीको दिन दही-अछेता टास्ने । हरियो टपरीमा आशिष थाप्थे । चुल्ठो-चुल्ठोमा जमरा सिउँरिन्थे । खसीको फिलाको सीसार लान्थे । साइनोका ठूला-बडालाई सबैले मान्थे । पुरानो रिसराग छाङछुङ पार्थे । मनको कैलो मैलो धोई पखाल गर्थे । वादी-प्रतिवादी दुवै खुशी हुन्थे । पैला कै जस्तै स्याप-को-ट्याप हुन्थे।
दशैँ भनेको धानको भात खाने दिन । ढिक्कीले पालो नपाउँने दिन । च्याख्ला-ढेड़ो पन्साउन दिन । गुन्द्रुक-सिस्नु बार्ने दिन । दर्जीहरु आधारात खटने दिन । गुदाम डाड़ामा मेला लाग्ने दिन । तरुनी-तन्देरी भेला लाग्ने दिन । कोई तरुनी उता उतै भाग्थे । कोई तन्नेरीले उता उता भगाउथे । यसरी लुटथे दशैँको मज्जा ।
हेर्दा हेर्दै समय बदलियो । पुरानो सहहरु उडेर गयो संस्कार-संस्कृतिमा बिकृति आयो । झ्याउँकिरी-जुनकिरी मास्सिएर गयो । बुड़ा-पाकाहरु सकिँदै गए । चिजबिजको दरभाउले आकाश छोयो । अनलाइन मार्केटले बजार-घाट सुक्यो। खसीको दाम त फर्सीलाई पर्यो ।
‘बड़ पैसा’ बद्लेर बोनस भनियो । साइनोका ठूलाहरुलाई मान्नै छोड़ियो । ‘सामाजिक संञ्जाल’ ले सबैलाई खायो। कसैले कसैलाई टेर्नै छोड्यो । खुकुरी भन्दा कर्द नै लाग्ने भो।
“त्यो दशैँ ठीक हो कि यो दशैँ ठीक हो ?” सोच्नेहरु द्विविधामा पर्यो । दशैँमा कसरी परिवर्तन पस्यो ? संस्कृतिमा बिकृति कसले ल्यायो ? हाम्रो संस्कार एत्तिकै रहने ! कि सबै मिलेर सच्याउनु पर्ने…!!

सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

22 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

22 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago