गणेश दवाडी
लेटाङ -९मोरङ
स्कुल आउ सबेर समयको ख्याल गर
गरिहाल सूचना पर्यो भने अभर
गृहकार्य सकेर पाठ फेरि पढ्नु है
असल बाटो पक्डेर अघि तिमी बढ्नु है।
नजान्नेले नम्र भै जान्ने सङ्ग सोधेर
नजानेका बिषय गुगलमा खोजेर
जिज्ञासु हौ हे नानी प्रश्न सधैँ गरेर
बुद्धिमान हुनु छ हुन्न पछि सरेर ।
सिकाइका तरिका युट्युबमा भेट्ने छौ
ज्ञानका तिर्खा कति त यसैबाट मेट्ने छौ
नबुझेमा तुरुन्तै गुरुतिर फर्किनु
आज्ञा मान गुरुको हुन्न नानी झर्किनु।
हरेक घण्टी तिमीले नयाँ कुरा थप्नु छ
गणित र भाषाका सुत्र मन्त्र जप्नु छ
अघि बढ्छ पढाइ शब्द भण्डार बढाए
सफलता मिल्नेछ मन पुस्तकमा चढाए ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…