सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
“रुपेन तिमी हाम्रो टोलीबाट भकुण्डो खेल्नुपर्छ है।”एउटा साथीले भन्यो।
” नृत्य चाहिँ हाम्रो टोलीबाट गर्नुपर्छ नि,नत्र !” अर्कीले औँला ठहर्याएर चेतावनी दिइन।
“साहित्य प्रतियोगिताको निम्ति मलाई एउटा कविता लेखी दिनोस् है।” फ़ेरि अर्कीले बिन्तिभाव राखिन।
“रुपेन दा,मलाई चित्र कोर्न सिकाइ दिनोस् है।” सानो भाइले पनि निवेदना राख्यो।
ऊ सबै पाठशालाको मित्रहरूलाई ल,हुन्छ,भैहाल्छ भन्दै रमेशसँग पाठशाला पुग्यो। रमेश उसको प्राथमिक कक्षादेखिकै सहपाठी थिए। रमेश गम्भीर र रुपेन चंचले स्वभावको भएता पनि यिनीहरु बिच खुब जम्थ्यो। पाठशालाको प्रत्येक कृयाकलापमा रुपेन सक्रिय र अग्रिम पंक्तिमा हुन्थ्यो। त्यसैले ऊ केटी साथीहरुको हिरो र गुरुजनको प्यारो थियो। केही वर्षपछि,त्यही पाठशालामा पन्द्रह अगस्त समारोह सम्पन्न भयो। विभिन्न खेलकुद,नृत्य,गायन,चित्रकारिता,साहित्यक विधा आदिको प्रतिस्पर्धा प्रस्तुत भयो। अन्तमा मुख्य अतिथिको आसनबाट साथी रुपेशले समारोहलाई सम्बोधन गर्यो। तालीले रंगशाला गुन्ज्यमान भयो।
“काश! मैले पनि एकमात्र गन्तव्य रोजेको भँए,,,!”भन्दै रुपेन माथि गेलेरीमा च्याप्टिएर सोँच्दै थियो।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…