ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौँ

‘हाँसो दिने, खुसी दिने, प्रिय गुरुजन नौनीजस्तै नरम छ नि गुरुको त्यो मन।’ यस्तै गीत गुनगुनाउँदै नवीन गुरुको घरमा पुगेर गुरुबा र गुरुआमालाई ढोग गरे। गुरुले अङ्कमाल गर्दै भन्नुभयो— “नवीन राजा! आज कसरी यहाँ ? तिमी त अमेरिका थियौ होइन र?” नवीनले जबाफ दिए—“हजुरआमाले मर्ने बेलामा नातिको मुख हेर्छु भन्नुभएकाले आएको हुँ। हजुरहरूको के छ हालखबर? मैले केही सहयोग गर्नुपर्छ कि?” गुरुले सहजै उत्तर दिनुभयो— “सबै राम्रो छ । केही गर्नु पर्दैन, हाम्रो हातको पीठोलाई मीठो मानेर खाऊ बस्!” नवीन सुस्तरी बोले—“धनवीरे काकाले घरखेत खाएर उठिबास लगाउन लागेको कुरा झूट हो त?” आँसु पुछ्दै गुरुआमा बोल्नुभयो—“छोराबुहारीले आफू गएको ऋण नतिरेको कुरा, धनवीरेको कुरा सबै सही हो बाबू! अब कहाँ जाने, के गर्ने सोच्नै सकेका छैनौँ। धनवीरेले आफ्नो बाह्र लाख त्यसै छोड्ने कुरै भएन। यत्रो सम्पत्ति बाह्र लाखमा खान्छु भन्दा मुटु भने चुँडिएकै छ।” नवीन बोले— “म भीरबाट लडेपछि कसैले उपचारका लागि पैसा दिएनन् अरे! हजुरले नै म सबै बेहोर्छु भनेर काठमाडौँमा पुर्याएर बचाउनुभयो अरे! हजुरले त्यो बेला स्कुलबाट आएको छ महिनाको तलब मेरा लागि खर्च गर्नुभएको थियो अरे! मलाई स्कुल जाँदा डोर्याउने हात पनि हजुरकै थियो। अहिले म अमेरिकामा इन्जिनियर छु। महिनाको नेपाली चौबिस लाख रुपियाँ कमाउँछु। सबै ऋण चुक्ता गर्ने काम, हजुरहरूलाई पाल्ने काम मेरो भयो। हजुरहरूको त्यो गुन कुनै जन्ममा पनि तिर्न सक्दिनँ म।” गुरुबाले खुसीको आँसु झार्दै भन्नुभयो—“बाबू ! तिमी सुदामाको कृष्णजस्तै बनेर आयौ। यो कुटीलगायत सबै तिम्रै नाममा बकसपत्र गरिदिनेछौँ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

15 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

15 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

15 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago