बिन्दु पौड्याल वस्ती
गुरुआमा आइनुभो
नमस्कार भन्नुभो
किताबकापी खोलेर
पढ्न लगाउनुभो।
साथी साथी मिलाउंदै
खाजा पानी पिलाउॅदै
हॅास्दै ,खेल्दै, रमाउॅदै
ज्ञान,सिप सिकाउॅदै।
सपना कोर्न लगाउॅदै
किताबका पाना फर्काउॅदै
अर्थ बुझ्न लगाउनुभो
चरित्र निर्माण गराउनुभो।
अक्षरलाई चिनाउन
अनुशासित बनाउन
थाक्नुभएन कहिल्यै
सिकाउनुहुन्थ्यो फकाउॅदै।
गुरुले दिनुभो ज्ञान
यति कुरा सबले जान
अक्षरमात्र चिनेनौं
गुरुलाई कसैले नभुलौं।
ज्ञान खोज्दै आयौं
बल्ल गुरुलाई पायौं
हुन्न अब भुल्न
बा,आमा, गुरुको गुन।
आज ठूलो हॅुदै छौं
बल्ल कुरो बुझ्दै छौं
धन्य छ हाम्रो जीवन
सम्पूर्ण गुरुलाई नमन।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…