Categories: बाल कथा

बाबाको बाध्यता


हेमराज अधिकारी
सिक्किम

मनोज कलेजबाट घर फर्कियो। बाबाको अनुहार मलिन थियो। उनी थकित देखिन्थे।
“बाबा, के भयो? सन्चो छैन?”
“सन्चो छु बाबू। लुगा फेरेर खाजा खाउ,” बाबाले भने, तर उनको आवाजमा थकान झल्किन्थ्यो।
मनोज अलमलियो। बाबाको अनुहारमा गहिरो चिन्ता देखियो। केहीबेरपछि उसले भन्यो, “बाबा, भोलि कलेजमा कार्यक्रमको लागि एक हजार रूपैयाँ चाहिन्छ।”
बाबा मौन रहे। उनको मनमा अनेकौं पीडाहरू गुञ्जिए। चामलको उधारो तिर्नुपर्ने थियो। आमाको औषधी सकिन लागेको थियो। अदुवा, कुचो, फापरका भाउ बजारमा ठप्प थिए। जैविक कृषक भए पनि साहूको इसारामा अन्नको मूल्य निर्धारण हुन्थ्यो।
रातभर उनी निदाउन सकेनन्। बिहान झिसमिसेमै नरपतीको घर पुगे। आफ्नो बाध्यता सुनाए। तर नरपतीले हात हल्लाउँदै “अहिले सक्दिन” भनिदियो।
बाबा तितो मन लिएर कोदो माजनकहाँ पुगे। भित्र पस्नेबित्तिकै फोन बज्यो।
“रामकुमार साहु” लेखिएको थियो। रिस उठ्यो। फोन उठाउने मन थिएन, तर संयम गरे।
कोदो माजनले ध्यानपूर्वक सुने। अन्ततः, एउटा सर्तमा तीस हजार रूपैयाँ दिने भयो। बाबाका आँखामा आँसु टिलपिलाए। उनले छोराको खर्च दिए, आमाको औषधी ल्याए, साहुको ऋण चुकाए, सौदा-पात किनेर घर फर्किए।
त्यसपछि, उनी शहर लागे।
अबेर राति पनि नफर्केपछि मनोज चिन्तित भयो। आमालाई सोध्यो, “बाबा किन आएनन्?”
उसले बाबालाई फोन गर्यो। लामो समयसम्म घण्टी गयो, तर कसैले उठाएन। फेरि प्रयास गर्यो।
अन्तत फोन उठ्यो।
तर बाबाको आवाज आएन।
त्यो अस्पतालबाट नर्सको आवाज थियो।
“तपाईंको बाबा अहिले अपरेसनमा हुनुहुन्छ। उहाँले कोदो माजनको छोरालाई एउटा किड्नी दान गर्नुभएको छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

13 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

13 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

13 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago