Categories: बाल कथा

गुलाबको चित्कार


आचार्य प्रभा
हाल-नेपाल

बगैँचामा फूलहरू ढकमक्क फुलेर बगैँचा सुन्दर देखिएको छ। बेली,चमेली,डेलिया,सयपत्री,गोदावरीहरू हावाको मिठो बहावसँगै मुस्कान छर्दै झुली रहेका छन्। म बगैँचामा मदमस्त बनेर डुली रहेछु। मेरा आँखाहरू फूलको सौन्दर्यमा मनमोहक बनी रहेका बेला म एक्कासी गुलाबहरूतिर नजर फ्याँक्छु।
यता गुलाबहरू पनि ढकमक्क फुलीरहेका छन्। यस्तो लाग्छ,गुलाबहरूले मानौँ आफ्नो बैँशालु सौन्दर्य चेतनाले सबैको ध्यान आकर्षित गरी रहेछन्। तर….अफ्सोच !सबै गुलाबहरू किन किन निरस र निरीह देखिन्छन्। आफ्नो रंग,रूपलाई नै तिनीहरूले धिक्कारी रहे झैँ लाग्छ। मानौँ रगं छरेर फुले पनि आफूलाई बेरंग झैँ ठानी रहेछन्।
गुलाबहरूको निरीहावस्था देखेर म त्यतै लाग्छु र एउटा गुलाबलाई बडो जतनले मुसार्दै म आफैँ फुस्फुसाउँछु।-“आहा!कति सुन्दर? यस्तो सुन्दर गुलाब त कहिल्यै नओईलाउँनु,नझर्नु नि!”
मैले यति मात्र के भनेंथेँ। एउटा सुन्दर गुलाबले शीत झैँ आँसु झार्दै भन्यो।-“प्रकृतिले हामीलाई सुन्दरता र हत्तपत्त नओईलिने,नझर्ने आयु त दिएको छ नि ! तर के गर्नु? पापी हातहरूले आफ्नो देखावटी माया प्रदर्शन गर्न र प्रेमोपहार दिन हाम्रै गला निर्ममतासाथ निमोठेर हाम्रो हत्या गर्छन्। जसले सुन्दरताको बयान गर्छ। उसैले हाम्रो अस्तित्व मेटाउँछ।”
यो आवाज सुनेर म बिक्षिप्त बनें र झस्किएँ। अहो!भोलि त प्रेम दिवस अर्थात अंग्रेज़ीमा रोज डे पनि भन्छन् क्यारे! मलाई पनि राजिवले सधैँ गुलाब नै प्रेम दिवसमा दिने गरेको छ। अँ हँ ! अब म गुलाबको गला निमोठेर दिएको उपहार लिन्नँ। साँचो प्रेमको अर्थ कसैको हत्या गर्नु होईन।”
यति भन्दै म झसंग बिउँझिएँ। बिउँझिंदा अनुहारमा चिट् चिट् पसिना आएछ। मुटु पनि जोडले ढुक्ढुकी रहेको रहेछ।यसो टेबलमा हेर्दा फूलदानीमा गुलाबको गुच्छा मलिन मुहारमा मुस्काई रहेको रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

21 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

22 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

22 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago