उमानाथ दाहाल
छौ कोपिला सरह बाल रमाइ फुल्नु
सत्पात्र बन्न जगको कहिल्यै नभुल्नु।
लाग्दै सधैँ असल मार्ग बढेस् अगाडि
बेला छ दुर्लभ त्यसै भुलिँदै नडुल्नु।
मित्रादि चिन्न नसके पछि मर्म पर्छ
विश्वासघात नहुने नबुझी नखुल्नु।
पढ्ने र लेखन कला खुब अग्र जाओस्
बेकार तर्क संगमा रहँदै नझुल्नु।
चरित्र दौलत ठुलो यस विश्व माझ
मिल्लान् नशा, मद कतै तिनमा नघुल्नु।
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…