शोभा कोइराला
छन्दः इन्द्रवज्रा
आनन्द उल्लास उमङ्ग हर्छ
यो ग्रीष्मले ताण्डव नाच गर्छ ।
आनन्द उल्लास उमङ्ग हर्छ
यो ग्रीष्मले ताण्डव नाच गर्छ ।
तातो भएरै सब वाफ बन्छ
यो ग्रीष्मले झन् सब ताप छर्छ ।
आनन्द मिल्दैन विलास हुन्न
आलस्यले देह अरठ्ठ पर्छ ।
आनन्द सानन्द हुँदैन खासै
हावाहुरी धेर अगाडि सर्छ ।
ठन्डा पिलाए कति धन्य मिल्छ
चौपट्ट त्याे स्वेद सदैव झर्छ ।
ग्रीष्मर्तुको नाम त उच्च लाग्छ
साँच्चै भनेमा सब सोख मर्छ ।
टारेर टर्दैन कदापि ग्रीष्म
लाग्दा नलाग्दै पछि फेरि टर्छ ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…