Categories: बाल कथा

“प्यारो किताब”

लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही

हरिकृष्ण आफुलाई पुस्तक प्रेमी देखाउन चाहन्छ । साहित्यकार हुन चाहन्छ । ऊ सामान किन्ने क्रममा किताब पनि किन्छ । उसले आफ्नो घरमा पुस्तकको लागि एउटा दराज छुट्याएको थियो । तर उसका परिवारले यो कुरा मन पराइरहेका थिएनन् ।
उसलाई एकदिन अचानक जुत्ता राख्ने नयाँ र्याकको रहर जागेर आयो । उसले ल्यायो पनि । तर समस्या पनि साथसाथ आइपुग्यो । राख्ने कहाँ ? ू निकैबेर घोत्लियो । घर भित्रको बरण्डा छेउमा साहित्य र पाठ्यक्रमका कितावहरुले भरिएको एउटा पुरानो दराज थियो ।

उसकी श्रीमतीले भनी, “ जुत्ता त जहिले पनि चाहिन्छ । यी कितावहरु त कहिलेकाहीँ मात्र न काममा आउने हुन् । किताबको दराजलाई नै बाहिर निकालौँ । ”
उसले श्रीमतीको दवावमा किताबको दराजलाई हेलापूर्वक बाहिर निकाल्यो । केही दिन बरन्डामा नै छोड्यो । त्यहाँ राख्दा पनि उसकी श्रीमती र छोराको चित्त बुझेन । श्रीमती र छोराले भने, “ यहाँ पनि भएन । फोहर देखियो । वाहियात कितावहरु किन राख्ने ? ”
सले दराजबाट किताबहरु निकालेर बोरामा खाँद्यो र घर पछाडि लगेर राख्यो ।
निकै समय बित्यो । उसको छोरो विकासले विद्यावारिधि गर्न लाग्यो । उसलाई सन्दर्भ सामग्रीका रुपमा पुराना पुस्तकहरु चाहिए ।
बाबु छोरा दिनभरि कितावको खोजीमा शहरका पुस्तक पसल पसल चहारे । चाहिएका किताव नपाएपछि घर फर्केर छोराले भन्यो, “ बाबा, हामीले फालेका किताबमा काम लाग्ने किताब त थिएनन् ? ”
अब उसलाई आफुले बोरामा हालेर घरपछाडि लगेर राखेका पुस्तकहरुको याद आयो । बाबु छोरा दौडेर घर पछाडि गए र किताबहरु हालेको बोरा खोतल्न थाले । छोरालाई चाहिने किताब त बोरा भित्रै रहेछन् !
हत्तपत्त पुस्तक हातमा लिएर छोरो खिन्न भयो,“ महत्वपूर्ण पाठ नष्ट भएको पुस्तकको के काम ! ”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

8 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

8 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago