फिराक गोर्खाली
अरुणाचल प्रदेश, भारत
साइँली पानी खान देऊ त थाकेर घर फर्केको कालेले नारीवादको नारा लगाउने समाजसेवी बुढ़ीलाई भन्यो।
मलाई उठ्नु बस्नु अफ्ठ्यारो भएको छ, आफै झिकेर खानु न पानी साइलीले उत्तर दिन। कालेले फेरि बैनीलाई गुहार्यो, बैनी पानी देऊ त। यो सुनेर साइँलीले कराउँदै भनिन्, “तपाईंलाई थाहा छैन बैनी पाकघर भित्र पस्नु हुँदैन आज मात्र दुई दिन भएको छ।”
कालेले रिसाउँदै भन्यो के हुन्छ त भित्र पसे। यो कुराले साइँलीको रिस माथि घिउ थप्ने काम गर्यो हेर न बोलेको, अब तीन महिनापछि नानीको बाउ हुने मान्छेलाई नीति नियम नै थाह छैन्। फेरि झर्किदै भनिन्- “चार दिन नभएसम्म बाहिर सरेका केटीहरूले जताततै पस्नु मिल्दैन, छोएको पानी धरी खानु हुँदैन।”
काले नजिक गएर भन्यो, “हेर मासिक धर्म भएको बेला स्त्रीहरूले नै अर्को स्त्रीमाथि धेरै नियम थप्दै हेला गर्छन्। हाम्रा सन्तानले भविष्यमा समाजका कुरीति र विसङ्गतिलाई कसरी निर्मूल पार्न सक्छन् र!”
“मालिक्नी घरबाट पानी खाने अङ्खरा ल्याउन भुलेछु, तिर्खाले प्याकप्याक भएँ पानी दिनुस् न।” दैलो बाहिरबाट वीरबहादुरले पानी माग्दै थियो।
तँलाई पानी दिने हाम्रो घरमा अलग्गै लोटा छैन। ऊ भित्रबाटै कराइ……।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…