Categories: कविता

“गृहकार्य”

सरिता पराजुली
चन्द्रागिरि १५ काठमाडाैं

विदा त हाे भन्दा भन्दै
विदा सकियाे
गृहकार्य नगरेर
त्यसै बसियाे।

फाेनबाट साथीसँग
कुरा गरेकाे
साथीले नि भनिन् मलाई छैन गरेकाे।

खेल्न डुल्न पाएपछि
पढ्नै हरायाे
झाेला खाेली हेर्दाखेरि
स्तब्धै बनायाे।

गृहकार्य नगर्दामा
भयाे छट्पटी
पढ्न बस्ने बानी छैन
मेराे हत्पति।

अरू कुरा सबै मलाई
राम्रै लाग्दछ
पढ्न पर्याे भने मात्रै
जाँगर भाग्दछ।

यताउता सबै जना
देखें पढेकाे
मैलेमात्र रहेछ नि
अल्छी गरेकाे।

अल्छीपन त्यागी आजै
लेख्न थाल्दछु
गृहकार्य सकाएरै
मात्र खेल्दछु।

सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

8 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

8 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

8 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

9 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago