Categories: बाल कथा

“संस्कार”

रमेशचन्द्र घिमिरे

‘आज हजुरबाको बर्थ डे भव्य रूपमा मनाउने हो।’ नातिले हजुरबाको दारी मुसार्दै भन्यो। ‘म बूढो मान्छेको बर्थ डे फर्थ डे किन मनाउनुपर्यो, बाबु नानी हो ?’ हजुरबाले नाति सुन्दरलाई काखमा लिँदै भने।
‘अँ, हुन्छ नि त्यसो भनेर ? हाम्रा हजुरबाको बर्थे डे त रमाइलो गरेर मनाउने हो हामी त !’ नातिनी रमाले थपी ।
सुन्दर र रमा भएर बाबालाई समेत पिरोले। ‘छोराछोरीले रहर गरेका छन्, पूरा गर्दिनु न त बा!’ छोरा कालिदासले भनेपछि हजुरबाले पनि स्वीकार गरे। केटाकेटीकाे आग्रह पूरा गर्दै बाबाले बर्थ डे केक लगायतका सामान किन्नका लागि पैसा दिएर पठाए ।
केटाकेटीले अरू साथी पनि बटुले। सुन्दरको साथी महेशले त हजुरबालाई सोली जस्तो चुच्चे टोपी नै लगाइदियो । रमाकी साथी कमलाले हजुरबाका गालामा सेतो किरिम दल्दिई ।
‘ह्या के के गर्छन् यी केटाकेटीहरू पनि ?’ हजुरबाले झ्याउ माने जस्तो गरे।
‘हेर्नु त सुन्दरका ड्याडी,केक त नाङ्ला जत्रै पो ल्याएछन् है भुराभुरील ?’ कृष्णकलाले कालिदाससँग आश्चर्य मान्दै बोली ।
हेर्दा हेर्दै केकमाथि केटाकेटीले केही मैनबत्ती गाडे र सलाई कोरेर सबै मैनबत्ती बाले। अनि हजुरबालाई ‘फू’ गरेर निभाउन कर गरे । ‘के के भाउँटो लाउँछन् इँदोरु पनि !’ हजुरबाले मन नमानी नमानी मैनबत्ती निभाए ।
‘ह्याप्पी बर्थ डे हजुरबा !’ केटाकेटीले परर्र ताली पिटे । केटाकेटीमध्ये कसैले झिरिर्र पारेर पार्टी पर्पर्स फुटाए, कसैले स्प्रे छर्किएर उधुम मच्चाए। हजुरबालाई अचम्म लागिरह्यो।
‘यत्तिका गर्दा पनि हजुरबा त केही वास्तै गर्नुहुन्न, है ?’ रमाले दाइसँग अलिअलि लोभी भाषामा बोली ।
उता हजुरबाले हजुरआमालाई बोलाएर भने, ‘जाऊ त बुढी यसो बारीतिर गएर फूलसुल टिप्दै गर त !’ यति भनेर बुढा माथिल्लो तलाको पूजाकोठामा गए। हजुरआमा आइसकेपछि सबै केटाकेटीलाई माथि आउन अह्राए। नातिनातिनी र उनीहरूका साथी माथि आउनासाथ हजुरबाले दियो बाले र सबैलाई नमस्ते गर्न लगाए। दियो बालिसकेपछि सबै केटाकेटीलाई बोलाएर टीका लगाइदिए अनि खाममा पैसा दिए। यतिखेर बल्ल हजुरबा खुसी देखिए । हजुरबा खुसी भएको देखेर केटाकेटीहरू झन् खुसी भए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

7 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

7 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

7 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

8 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago