Categories: बाल कथा

“पछुतो”

रमेशचन्द्र घिमिरे

‘हामी सिर्जनशील बन्नुपर्छ । मौलिकतामा जोड दिनुपर्छ। घोकन्ते विद्या ठिक छैन।’ विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा ऊ आफ्नो विचार राख्दै थियो ।
वक्तृत्वकलामा सूक्ति र कवितांशको प्रयोग गर्न पनि जान्नुपर्छ भन्ने उसले बुझेको थियो ।
‘घोकन्ती विद्या, धावन्ती खेती र सेवन्ती राजा’ को उदाहरण दिँदै `घोकन्ती विद्या हाम्रो लागि सजाय हो ।’ घोकेपछि दिनहुँ घोकिरहनुपर्छ । नत्र बिर्सने खतरा हुन्छ । त्यसैले यो खतराबाट बच्ने एक मात्र उपाय हो – मौलिकता ।’ यस्तै के-के बोलेर जनाउ घन्टी नबज्दै चार मिनेटमै उसले कुरा सक्यो ।’
वक्तृत्व कलाको नतिजा आयो । ऊ दोस्रो भएछ । तैपनि ऊ खुसी थिएन ।
घर पुगेर हिजो बेलुकी तयारी गरेको खेस्रा हेरेपछि पछुतो मान्दै उसले बासँग भन्यो, ‘हेर्नुस् त बा, तपाईंले लेख्दिनुभएको यो महत्त्वपूर्ण कुरा नै घोक्न छुटेछ । नत्र मै पहिलो हुन्थेँ ।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

8 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

8 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago